कोरियामा सर्लाही सम्पर्क समिती गठन
दक्षिण कोरियामा सर्लाही सम्पर्क समिती गठन गरिएको छ। दक्षिण कोरियामा लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय लक्ष्मण दाहालको संयोजकत्वमा’सर्लाही सम्पर्क समिती दक्षिण कोरिया तदर्थ कमिटी’ गठन भएको हो।
गत हप्ता सौलमा बसेको बैठकले सर्लाही घर भएर कोरियामा रहेका नेपालीहरू बीच आपसी सहकार्य गर्दै जिल्लाको बिकासमा टेवा पुर्याउने उदेश्यले उक्त संस्था निर्माण गरिएको संयोजक दाहालले बताए। दाहालले संस्थाले कोरियामा क्रियाशिल रहेका अन्य संघ संस्था संग हातेमालो गर्दै सामाजिक कार्य गर्ने पनि बताएका छन्। उनका अनुसार संस्थाले कोरियाली महान पर्व सलनालमा प्रथम अधिवेशन गरि संस्थाको आगामी निती पारित र नयाँ नेतृत्व चयन गर्नेछ।
तदर्थ समिती यस्तो छ-
संयोजक,
लक्षमण दहाल ०१०५१३३९२२१
सदस्यहरु,
अमर किङरीङ
निरज धमला
ध्रुव पौडेल
पुस्प सुस्लीङ
सुनिल रैका
हेमन्त तामाङ
विरोध खड्का
पवन आचार्य
विक्रम पौडेल