एनआरएनमा कोरियाबाट चार जनाको उम्मेदारी घोषणा
फोनिज कोरिया संवाददाता
सोल
गैर आवसीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन काठमाण्डौमा शनिबारबाट शुरु भएको छ । विश्वको ७७ देशबाट भेला भएका नेपालीहरुको महामेलामा विभिन्न पदको लागि उम्मेदारी घोषणा गर्नेक्रम बढी रहेका छन् । यसैक्रममा दक्षिण कोरियाबाट पनि थप दुई जनाले आज शनिबार उम्मेदारी घोषणा गरेपछि चार जना पुगेको छ ।
एनआरएन आइसीसी पूर्व सदस्यहरु डा. देव बस्नेतले केन्द्रिय सचिवमा उम्मेदारी घोषणा गरेका छन् भने केपी सिटौलाले एसिया उप संयोजकमा उम्मेदारी घोषणा गरेका छन् । यसभन्दा अघि नै एनआरएन कोरियाका अध्यक्ष समेत रहेका विनोद कुवरले पनि एसिया सहसंयोजकमा उम्मेदारी घोषणा गरीसकेका छन् । त्यस्तै एनआरएन कोरियाका पूर्व उपाध्यक्ष जुनु गुरुइ०ले महिला उप संयोजकमा उम्मेदारी घोषणा गरिसकेका छन् ।
कोरियाबाट गंगा राईले पनि उम्मेदारी घोषणा गर्ने बारे छलफल भइरहेको आसीसी सदस्य लोचन राईले बताए । विश्व सम्मेलनमा कोरियालाई १०५ जना तोकिएपनि सयभन्दा बढी हुनसक्ने अनुमान पनि राईले गरेका छन् ।