तिमी बिनाको यो पर्ब मेरा लागि कसरी बिशेष हुन सक्छ र ?
शब्दहरुले जतिसुकै पुष्पबृश्टि गरेपनि म अपूर्ण नै हुनेछु । शब्दहरु र भाबले ब्यक्त गर्न नसकिने ‘बहिनी’ शब्द कती सुन्दर र आत्मिय छ। हरेक बर्षको तिहारले मलाई ति पुरानादिनहरुको स्मरण गराउदछ । मात्र ५ बर्षको फरक थियो हामी बिचमा । नाताले ऊ मेरी बहिनी भए पनि मेरा लागि असल मित्र र अभिभाबक बराबरको थिई । परिवारमा अरु दिदी बहिनीहरु नभएर पनि होला हामी सबैलाई एउटा बहिनीको चाहना थियो । अझ बढी त मलाई थियो परिवारमा म सबै भन्दा कान्छो थिए । त्यसैले त म सधैं बा आमासँग बहिनी चाहियो भनेर कर कर गरिरहन्थे पिरिरह्न्थे । त्यो मेरो सधैंको चाहना र पुकार सुनेर पनि होला नभन्दै भगवानले बरदान् स्वरुप हाम्रो परिवारमा बहिनीको जन्म दियो । त्यो हाम्रो परिवारको एउटा सौभाग्य थियो । बहिनीको आगमनले परिवारमा यति हर्स उल्लास छायो कि जुन दिनलाई ब्यक्त गर्न सक्ने खुबी म सँग छैन ।
बिस्तारै समयले पनि आफ्नो रफ्तार बढाउदै गयो बहिनी पनि दिन दिनै ठुलि हुँदै गई । हामी किसान परिवारको भएकाले बा आमा सधै खेतिपातिको काममा ब्यस्थ हुनुहुन्थ्यो । उस्लाई खाना खुवाउने देखी हेरचाह गर्ने काम मैले गर्नु पर्थ्यो । मेरो साथी ऊ र उस्को साथी म भए । दिन भरी हामी अङगारले कोरेर घरको भित्तादेखी आगनको ढुङ्गासम्म कालो बनाउदै ,खोयाको घर ,पुराना टालाटुली बटुलेर पुतली ,भाडाकुटी ,लुकामरी आदी खेलेर दिन बिताउने गर्थेउ । आज त्यो दिन सम्झिदा सम्भब भए फेरी त्यही बाल्यकालमा फर्किन मन लाग्छ तर समयले नेटो काटिसकेको हुँदा केवल कल्पनामा मात्र सिमित हुनुको बिकल्प म मा छैन । समयको गतीसंगै हरेक बर्ष आउने चाडपर्बहरु परिवार सबै संगै खुशीयाली साथ मनाउथ्यौ ।
बहिनीको आगमन पछिको पहिलो तिहार अझै मेरो मानसपटलमा घुमिरहेको छ उस्को कोमल हातहरुले आमाको साहरा लिएर हामी दाजु भाईहरुको निधारमा लगाएको टिका आजै जस्तो लाग्छ । भोका बचेराहरुलाई माउले चारा खुवाउदा जती उमङ्गित हुन्छन् त्यो भन्दा बढी उमङ्गित हामीलाई बनाएको थियो । किनकी हाम्रो बर्सौ देखिको चाहना पुरा भएको थियो । हाम्रो लागि सुस्वास्थ्य र दिर्घायुको कामना गरिदिने बहिनी पाएका थियौ । मलाई हरेक बर्ष तैले किन टिका अनी माला नलगाएको भनेर सोधिरहने साथी भाईको अगाडि म पनि निधार भरी टिका र गला भरी मखमलिको माला लगाएर हिंड्ने सक्ने भएको थिए । र पछिल्ला बर्षहरुका चाडपर्बहरु पनि त्यसरी नै उल्लास्मय तरिकाले बित्दै गए ।
अहिले ५ बर्ष पुरा भएछ मैले परिवारसंगै बसेर कुनै पनि चाडपर्ब मनाउन नपाएको । हरेक ब्यक्तीको आ आफ्नो सपना र बाध्यताहरु हुन्छन् । जुन कुराले मलाई नि अछुतो राख्न सकेन र बिदेशिन वाध्य भए । यी मेरा ५ बर्षले जीबनमा धेरै नै उतार चढाबहरु ल्यायो । नसोचेका घटनाहरु सामना गर्न वाध्य भए जसरी औंसिको अन्धकारलाई चिरेर उज्यालो छर्न पुर्णिमालाई चुनौती हुन्छ त्यो भन्दा बढी चुनौतिका पहाडहरु मेरा सामु खडा भए ।
म बिदेशिएको पहिलो बर्ष घर परिवारमा कुनै रमाइलो भएन रे चाडपर्ब आएको नआएको उस्तै भयो भनेर बहिनीले सुनाउथी । अरु बाँकी बर्ष हरुमा कहिले हामीले हाम्रो भगवान समान बुवालाई सदाको लागि बिदा गर्नु पर्यो । त कहिले बिनाशकारी भुकम्पको मारमा परेर घरबार बिहिन हुनु पर्यो । चौथो बर्षको चाडपर्बमा त्यी बिभिन्न बिपत्तीबाट बिचलित भएका परिवारलाई म गए पछी केही खुशी मिल्छ कि भन्ने आशाले जाने योजनामा थिए तर त्यस बर्ष पनि समय मेरो परिस्थिती अनुकुल भइदिएन । प्रदेशमा हरेक कृयाकलाप साहुको टायम टेबल अनुसार गर्नु पर्छ जुन कुराले गर्दा मैले मेरो धेरै पछी घर जाने रहरलाई पनि जिउदै मार्नुको बिकल्प थिएन । त्यो बर्ष बहिनिले धेरै बिलौना गर्दै आँखाभरी आसु बनाएर तपाईं बिना कुनै चाडपर्ब राम्रो भएन घर सून्य भएको छ जसरी नि अर्को बर्ष चाँही आउनु है नत्र कहिले नि तपाईंसँग बोल्दिन भनेकी थीई ।
तर आज समयको बेइमानिता र कठोरताले दिएको सजायलाई यि छचल्किएका मनहरुले आफ्ना भाबनाहरुलाई कलमको माध्यमबाट पोख्न बाहेक ममा अरु कुनै सामर्थ्य छैन । हरेक बर्ष म बिना घर सुन्य भयो कुनै चाडपर्ब रमाइलो भएन भनेर गुनासो गरिरहने मेरो प्राण भन्दा प्यारी बहिनिलाई यो बर्ष सदाको लागि गुमाउन वाध्य भएको छु । बहिनिको जुन अप्रत्यासित ढंगको हत्याको खबर मैले पाए अझै पनि विश्वाश गर्न सकिरहेको छैन । जन्म र मृत्यु यथार्थ हो भन्ने बिचार बिमर्श गरेर मनलाई जती कठोर बनाउन खोजे पनि भाबनामा त्यस्तो नहुदो रहेछ ।
केही समय म बिदेसिदा घर सुन्य भयो छिटो घर आउनु है सन्दाइ भन्ने तिमी आज हामीबाट सदाको लागि बिदा भएकी छौ । यो मन बुझाउने कुनै ठाउँ छैन । अब हाम्रा लागि सुस्वास्थ्य र दिर्घायुको कामना गरिदिने कोही पनि छैन, हाम्रो निधार रित्तिएको छ,गाउ घर सुन्य भएको छ । अब आउने चाडपर्ब र हरेक तिहारमा बाहिर जती सुकै धुप बत्ती दियो जलाए पनि भित्री मनको अन्धकारलाई हटाएर कसरी खुशीयाली छाउन सक्ला र? तिमी जहाँ पुगेपनी तिम्रो आत्माले शान्ती पाओस । अर्को सातौ जुनिसम्म तिमो सान्दाइ भएर जन्मिन पाऊ बहिनी । यस्तो अकल्पनिय घटना प्रती राज्यले अपराधीलाई झन् प्रोत्साहन दिने काम गरेर समाजमा नकारात्मक तरङ्ग फैलाईरहेको छ । यस्को बिरुद्द र तिम्रो आत्मा शान्तिको लागि म कुनै कसुर बाँकी राख्ने छैन ।
बिदेशिएका ६० लाख युवाहरु मध्ये म एक प्रतिनिधि पात्र मात्र हुँ । हरेको ब्यक्तिको जीबनमा दु:ख कस्टहरु आउने नै गर्छ तर फरक शैलीको । जे जस्तो बिपत्ती आई परे पनि सामना गर्नै पर्दो रेछ । धेरै कुराहरु आफुलाई परेर जानिदो रहेछ । त्यसैले जिन्दगी सिकाइ र भोगाइको अपूर्णता हो जस्तो लाग्दछ मलाई । समयले जे जस्तो उपहार दिए पनि त्यस्लाई ग्रहण गर्नुको बिकल्प छैन ।
सबै जना स्वस्थ रहनुस् ब्यस्थ् रहनुस् र आउँदै गरेको शुभ दिपावलिले सम्पूर्ण देश बिदेशमा रहनु हुने दाजु भाई तथा दिदी बहिनीहरु बिचको आत्मियता झन झन् प्रगाढ हुँदै जाओस । सदा सुख ,शान्ति प्राप्त होस् भनी यहाँहरु सबैमा शुभदिपावली को हार्दिक शुभकामना ब्यक्त गर्दछु ।
दक्षिण कोरिया