काेरियाकाे बुसानमा तिहार कार्यक्रम सम्पन्न।
काेरियाकाे दक्षिणी क्षेत्र बुसानमा पनि तिहार पर्ब मनाइएकाेछ।तिहार पर्बकाे अवसरमा नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानले शुभकामना अादान प्रदान तथा देउसी भैली कार्यक्रमकाे अायाेजना गरेकाे हाे। नेपाली सम्पर्क समिती बुसान र NRNA बुसानको संयुक्त आयोजना तथा बुसान वरपर रहेका बिभिन्न संघ सस्थाहरुको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे। अक्टुबर २२ तारिखका दिन मिन्जु खोङ्वन पार्कमा सम्पन्न सो कार्यक्रममा बुसान वरपर रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो।
नेपाली सम्पर्क समिती बुसानका अध्यक्ष संगित अधिकारीको सभापतित्वमा NCC बुसानका निबर्तमान अध्यक्ष एल बी बिष्ट प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा NCC बुसानका उपाध्यक्ष विविन्द्र राइको स्वागत मन्तब्य संगै बिष्णु श्रेष्ठ, गोबिन्द कठायत, सुबास थापा मगर लगायतले तिहारको शुभकामना आदान प्रदान गर्नु भएको थियो। औपचारीक र अनौपचारीक गरी दुई चरणमा सम्पन्न सो कार्यक्रममा स्थानीय कलाकारहरुको साथमा नाचगान तथा देउसी भैलो कार्यक्रम पनी भएको थियो।
कार्यक्रममा ४ बर्ष १० महिनाको कार्यावधि सकेर नेपाल जान थाल्नु भएका NRNA बुसानका बर्तमान अध्यक्ष सुबास थापा मगरलाई दोसल्ला ओडाएर सम्मान तथा बिदाई पनि गरिएको थियो।