नेपाल संघिय समाजवादी फोरम दक्षिण कोरियाको बैठक सम्पन्न


नेपालमा पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरी दोस्रो चरणको प्रदेश सभाको निर्वाचनमा सम्पन्न गर्ने कार्यमा मुलुक जुटिरहेको बेला क्रियाशील बिभिन्न राजनैतिक दलका पार्टीहरु आ आफ्नो पार्टीलाई जिताउन चुनावी अभियानमा लागेको देखिन्छ ।
त्यसै गरी एतिहासिक पहिलो पटक प्रदेश सभाको निर्वाचनमा नेपाल संघिय समाजवादी फोरम पार्टीले पनि बिभिन्न प्रदेशबाट उम्मेदवारी घोषना गरी निर्वाचनको तयारीमा जुटीरहेको छ । पहिचान सहितको संघियता भन्ने मूल नाराका साथ पार्टी चुनावी माहोलमा होमी रहेको बेला नेपाली जनताको हक अधिकार आदिवासी जनजाति हरु को अधुरो मुदा स्थापित गर्न संघिय समाजवादी फोरम नेपाललाई जिताउन प्रवास संगठन नेपाल संघिय समाजवादी फोरम दक्षिण कोरियाले कोरियाको राजधानी सौलको मा बैठक बसी पार्टी लाई आर्थिक, नैतिक, साथ सहयोग गर्ने निर्णय गरेको अध्यक्ष महिंद्र राई ले जानकारी दिएको छ ।

त्यसै गरी भर्खर बिभिन्न पार्टी परी त्याग गरी पार्टी प्रवेश गर्नु भएका सदश्यहरुलाई विभिन्न जिम्मेवारी पदमा मनोनित गरीएको माह सचिब नावा रिंजी शेर्पाले जानकारी दिए । पासाङ नुर्बु शेर्पालाई उपाध्यक्ष, सेर साङबो शेर्पालाई केंद्रीय सदश्य तथा सञ्चार विभाग प्रमुख र पर्वत राई लाई केंद्रीय सदश्य तथा प्रवाश संगठन विभागको उप प्रमुख पदमा मनोनित गरिएको छ ।
प्रवास संगठन नेपाल संघिय समाजवादी फोरम दक्षिण कोरियाले पार्टी संगठनका पधादिकारी तथा सदश्यहरु लाई लामो समय देखी निष्क्रिय भएर सम्पर्क बाहिर रहनु भएका हरुलाइ सकृय वनाउदै संगठन प्रती जिम्मेवार बनाउन आवस्यक ध्यानाकर्षण गर्ने गराउने साथै त्यसपछी पनि पार्टी गतिबिधी र जिम्मेवारी बोध नगर्ने सदस्य हरुलाइ पार्टी बिधान अनुसार आवस्यक प्रक्रियामा जाने निर्णय गरिएको जानकारी दिनु भयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...