नेपाली योङ्मुदो खेलाडीहरुको एक टोलि कोरिया आइपुग्यो
दक्षिण कोरियाको छिन्छन् सहरमा आयोजित वर्ड युथ योङ्मुदो मार्सल आर्ट प्रतियोगितामा भाग लिन नेपाली योन्बुदो खेलाडीहरुको समूह हिजो कोरिया आइपुगेको छ।
नेपाल योङ्मुदो संघका महासचिव मोहन कुमार कार्कीको नेतृत्वमा रहेको सो समूहमा १९ बर्ष मुनिका विद्यार्थी खेलाडीहरु, संघका संयोजक अच्युत लामिछाने , अन्तर्राष्ट्रिय रेफ्री लोकेन्द्र आचार्य , प्रमुख खेल प्रशिक्षक अच्युत खड्का , प्रशासनिक प्रमुख सुमन श्रेष्ठ गरि कुल ४१ रहेका छन् । योङ्मुदो को ११ बिधामा नेपाली खेलाडीहरुले भाग लिने जनाइएको छ। जसमध्ये तौल र उमेर समुहमा विभिन्न ६ ओटा बिधा मा पुरुष र ५ ओटा बिधा मा गरि कुल ३३ जना खेलाडी हरुले भाग लिने छन् ।
योङ्जी युनिभर्सिटी को युथ ट्रेनिङ हल मा उद्घाटन समारोह हुने सो खेल नोभेम्बर ६ देखि ११ सम्म कोरियाको विभिन्न ठाउँहरुमा खेलाइने छ।
” विभिन्न ११ बिधामा सहभागी गराउन ठुलो संख्यामा खेलाडीहरु लिएर आएका छौ, केही बिधा मा उपाधी उचाल्न सफल हुनेछौ भन्ने आशा छ” संघ का संयोजक अच्युत लामिछाने ले भन्नू भयो। योङ्मुदो खेल भर्खर मात्र सुरु गरिएको मार्सल आर्ट को नयाँ बिधा हो, यो खेल नेपालमा पनि निकै लोकप्रिय बन्दै गएको छ।