बाम एकतालाइ स्वागतमा गर्दै कोरियाबाट संयुक्त बिज्ञप्ति
नेकपा एमाले र माओवादी केन्द्र बिच भएको बाम एकतालाइ स्वागत गर्दै कोरियामा रहेका दुबै पार्टीका प्रबाश संगठनले संयुक्त बिज्ञप्ति जारि गरेका छन् ।
नेकपा एमाले समर्थित प्रबाशी नेपाली मंच (ONF ) कोरिया र माओबादी केन्द्र समर्थित नेपाली जनप्रगतीशिल मन्च कोरियाका अध्यक्ष द्वय परशुराम सापकोटा र खगेन्द्र बुढा मगर द्वारा संयुक्त रुपमा बिज्ञप्ति जारि गरि प्रबाशबाट पनि बाम एकता शुरु गरिसकेको बताइएको छ ।
बिगत ५ दशकदेखि बिभाजित रहेको नेपालको कम्युनिष्ट आन्दोलनलाई भर्खरै भएको बाम एकताले सबैमा आशाका किरणहरु पलाएको र देशलाइ समृद्ध बनाउन कम्युनिष्ट नै आबश्यक रहेको बिज्ञप्तिमा जनाइएको छ ।
साथै विभिन्न आन्दोलनहरुबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्दै देशलाइ समाजवाद तर्फ उन्मुख गराउन कोरियाको बिकाश र गतिसग चिरपरिचित रहेका बामपंथी बिचारधाराका सम्पुर्ण नेपाली साथिहरुलाइ एक हुन आह्वान पनि गरिएको छ ।