“दान र ध्यानको माध्यमले मात्र गरिबी हटाउन,निरोगी बनाउन सक्ने ” – कोरियन गुरु ह्वे जङ
काठमाडौं, टेकुस्थित प्रज्ञा ध्यान केन्द्रले आफ्नो दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित प्रेरणादायी धर्म देशना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । काठमाडौं महानगरका मेयर बिध्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा शनिबार सम्पन्न भएको सो कार्यक्रममा मेयर शाक्यले मानब सेवा नै सबभन्दा ठुलो धर्म रहेको बताए । त्यस्तै मेयर शाक्यले मरिसकेपछि सम्मान गर्ने परम्परा त्यागेर जिउंदैमा असहाय ,गरिब ,दुखीहरुहरुको सेवा गर्नुपर्ने पुन दोर्हाए ।
कार्यक्रममा दक्षिण कोरियाबाट नेपाल आएका बज्रयान सम्प्रदाय जिन्गाक बौद्ध संघका संघनायक गुरु ह्वे जङले प्रेरणादायी आत्म बृतान्त तथा उपदेश दिएका थिए । कोरियामा करिब ५० बर्ष ध्यान गरेका गुरु ह्वे जङले दान र ध्यानको माध्यमले मात्र गरिबी ,निरोगी र मानबिय सम्बन्ध प्रगाढ बनाउन सक्ने आफ्नो धारणा व्यक्त गरेका थिए ।
टेकुको सासा ब्यान्केटमा करिब १४०० जना सहभागी रहेको कार्यक्रममा प्रज्ञा ध्यान केन्द्रका सचिब रेणु बज्राचार्य शाक्यले संस्थाको बार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । दक्षिण कोरियामा बौद्ध धर्म सम्बधी बिद्द्याबारिधी गरेका संस्थाका अध्यक्ष गुरु डा. नबिन बज्राचार्यले कार्यक्रममा सहभागीहरुप्रति धन्यबाद ज्ञापन गर्दै ध्यानले स्मरण क्षमता बृदी, मानसिक तनाब हटाइ शरीरमा उर्जा प्रदान गर्ने बताए । अध्यक्ष बज्राचार्यले प्रज्ञा ध्यान केन्द्रले ध्यानको महत्व दर्शाई समाजको आर्थिक ,सामाजिक शारीरिक र मानसिक विकासका लागि निरन्तर रुपमा ध्यान प्रदान गर्ने प्रतिज्ञता ब्यक्त गरे ।