कोरियाको थेजनमा आइतबार चलचित्र प्रेम गीत प्रशर्न गरिने


सोल

नेपाली कथानक चलचित्र प्रेम गीत २ यही आइतबार नोभेम्बर २६ तारिख दक्षिण कोरियाको थेजन शहरमा प्रदर्शन गरिने भएको छ । थेजन नेपाली समाजले सो चलचित्र प्रदर्शन गर्न लागेको हो ।

समाजद्धारा संचालित नेपाली सेल्टरको सहयोगार्थ चलचित्र प्रेम गीत प्रदर्शन गर्न लागेको अध्यक्ष गोविन्द बास्तोलाले बताए । बहु संस्कृतीक पक्षलाई उतारिएको सो चलचित्रमा नेपाल र वर्मावीच प्रेम कथालाई प्रस्तुत गरिएको छ । वास्तविक प्रेम कथामा आधारित सो चलचित्रले प्रेम र मायामा कसरी समर्पित गरिने भन्ने विषयलाई प्रस्तुत गरिएको निर्माताले बताएका छन् ।

सो चलचित्र नेपालको मुगु र लुम्बिनी देखि बर्माको म्यानमार र थाइल्याण्डमा छायाकंन गरिएको निर्देशक राम शरण पाठकले बताएका छन् । एलिसा ठकुरी र प्रदिप खडकाको मुख्य भूमिका रहेको सो चलचित्रलाई सन्तोष सेनले लगानी गरेका छन् ।

चलचित्र प्रर्दशन गरिने स्थान निम्न अनुसार रहेको छ ।

थेजन यकबाट ५ मिनटको पैदल दुरीमा रहेको छनथोइ० नोरेग्वान को पाँचौ तलामा
(चलचित्र झोला, छक्कापञ्जा, गाजलु र रेशम फिलिलि प्रदर्शन गरेको स्थान )
समय दिनको १२ बजे
सम्पर्क व्यक्ति – 010 28975052

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • छैटौं फोनमनी दोब्बर पैसा विजेता धर्मराज
  • चुम्लुङ बुसान शाखको पाँचौँ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...