लोट्टोमा साटिएको भाग्य


बजारमा आलिशान घर
खुशी आफन्त र परिवार
ऊ हरेक पटक बजार पुग्दा
यस्तै सपना बोकेर
लोट्टो किन्छ
पाँच पाँच हजार कोरियन वनको ।

लोट्टो पर्नलाई
छ जोडी अंक मिल्नु पर्ने हो
ऊ अनेकौ सफलताका कथा सुन्छ
करौडो वनको लोट्टो पर्यो रे
नेपालीलाई पनि पर्यो रे
उसले हरेक पटक बजार जाँदा
उस्तै कथा सुन्छ
अनि कल्पिन्छ आफैलाई परेको
मख्ख पर्दै
किन्छ नयाँ अंकको नयाँ स्लिप
नेपालमा हुँदा पैसा लुकाउने
चोर खल्तिमा जतनले पट्याएर राख्छ ।

साथीभाइलाई धाक लाउँछ
लोट्टो परे यस्ता काम गरिन्न
भोज खुवाउँदै नेपाल गइन्छ ।

अलिकति सोजु पिउँछ
अनि सधै उसलाई सेक्या (कुकुर) भन्ने साहुलाई
उल्टै ऊ सेक्या भनेर मख्ख पर्छ ।

हरेक शनिबार लोट्टोको बिजेता घोषणा हुनु अघि
उसको स्वासको दम बढ्छ
सपनाको हिसाब किताब गर्छ
आफ्नो भाग्यमा विस्वास गर्छ ।

हरेक पटक झै यस पटक पनि पर्दैन
उसलाई लोट्टो पर्दै पर्दैन
तीन अंकमा मिल्दा पाइने पाँच हजार वन पनि पर्दैन
उसको पाँच मिनेट अघिको
भाग्य, भबिष्य र सपना सबै निरर्थक लाग्छ
निरास भएर
फ्यात्त फाल्छ लोट्टोको स्लिप
धिर्काछ आफ्नै भाग्य
कतै पर तिर साहुको स्वर सुनिन्छ
खेसेक्या अदि खास्स ? (कता मर्यो कुकुर ?)
ऊ दोडिदै जान्छ बंगुरलाई दाना हाल्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नव नियुक्त राजदूत डा. तुम्बाहाङ्फे कोरिया अवतरण , भोली संयुक्त स्वागत तथा सम्मान कार्यक्रम
  • नेपाली दूतावास कोरियाले ६ महिनापछि राजदूत पाउँदै
  • कोरियाको मोक्फोमा पहिलो पटक चासोक तङनाम मनाईदै
  • सलनालको दोश्रो दिन ओखलढुङ्गा नाइटमा गायिका आस्था राउतको प्रस्तुति हुने
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...