आगामी डिसेम्बर 17 तारिक दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने
सौल, दोलखाली समाज दक्षिण कोरियाको दोस्रो अधिवेशन हुने भएको छ । अगामी डिसेम्बर १७ तारिखका दिन दोस्रो अधिवेशनको तयारी गरीरहेका समाजका अध्यक्ष दिपेन्द्र अधिकारीले कोरियामा रहेका सम्पूर्ण दोलखालीहरुलाई उपस्थितिको लागि अनुरोध गरेका छन् ।
बिहान १० बजे सौलको दोङदेमुन अवस्थित नेपाल हाउसमा आयोजना गरिने दोस्रो अधिवेशनमा नेपालबाट भर्खरै मात्र कोरिया आएका जिल्लाबासीहरूलाई स्वागत गर्ने र सदस्यता बितरण समेत गरिने भएको छ ।
नेपालको दोलखा जिल्लाबासीहरू बिभिन्न पेशा ब्यवसाय गर्न होश या उच्च शिक्षा हासिल गर्न दक्षिण कोरिया प्रवेश गर्ने क्रम बढे संगै दोलखाबासीहरुको हर सुख दुखमा साथ दिन र सहयोग गर्न साझा चौतारीका रुपमा स्थापित दोलखाली समाज दक्षिण कोरियाको स्थापना गरेको समाजका संरक्षक सेर शेर्पाले बताएका छन् । दोलखाली समाज स्थापनाकाल देखिनै कोरियामा बिभिन्न समस्यामा परेको नेपाली हरूलाई आर्थिक, भौतिक तथा नैतिक रुपमा साथ दिदै आएको छ भने दोलखा जिल्लाको क्षेत्रमा भूकंम्पबाट क्षति ग्रस्त स्कुल पूर्ण निर्माण गर्न र भूकंम्प पीडित लाई राहत बितरण कार्यदेखी तराईका बाढी पीड़ितसम्मलाई संस्थाले सक्दो आर्थिक सहयोग गरी उधाहरणीय कार्य गर्दै आएको छ ।