Advertisement
SKIP THIS

नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेशन सम्पन्न,अध्यक्षमा चाम्लिङ।


पहिचान र अधिकार सहितको संघियता आदिबासी जनजातिको अडान !
अपुरो र अधुरो संबिधान संसोधनको लागि हाम्रो साझा अभियान!! भन्ने मुल नारा सहित नेपाल आदिबासी जनजाति महासंघ कोरियाको पांचौ महाधिबेसन सम्पन्न भएकोछ। महाधिबेशनले पवन चाम्लीङ्ग राईको अध्यक्षतामा नयां कार्य समितिको गठन सर्बसम्मत रुपमा गरेकोछ।
नेपाल आदिबासी जनजाति महासंघ कोरियाको निबर्तमान अध्यक्ष चित्र मोक्तानको अध्यक्षतामा महासचिब केशर दर्लामी मगरले कार्यक्रम संचालन गरेका थिए भने निबर्तमान बरिष्ठ उपाध्यक्ष पवन चाम्लिङ्गले मन्तब्यले स्वागत गरेका थिए। प्रमुख अतिथिमा एन आर एन ए कोरियाका अध्यक्ष लक्ष्मी गुरुङ्गले पानसमा दियो बालेर पांचौ महाधिबेशनको उद््घाटन गरेका थिए। बिशेष अतिथिका रुपमा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
महासंघले बिभिन्न समाजसेबि तथा महासंघलाई बिशेष योगदान पुर््याउने ब्यक्तित्वहरुलाई पनि सम्मान गरेको थियो।
कोरियामा क्रियाशिल १२ वटा जातिय संस्थाहरु नेपाल मगर संघ, तमु धिं,किरात राई यायोख्खा, किरात याक्थुङ्ग चुम्लुङ,नेपाल तामाङ्ग संघ, थकाली सेवा समाज,भुजेल समाज,छन्त्याल परिवार,शेर्पा संघ, नेवा पुच,थारु कल्याणकारिणी सभा बाट नेपाल आदिवासी जनजाति महासंघ बनेकोछ। महासंघले किमे बुसान र छल्लानाम्दाे  ख्वाङजु २ शाखा गठन गरेको छ भने एक भातृ संस्था फोनिज कोरिया शाखा पनि क्रियाशिल छ।
दोश्रो चरणको बन्द शत्रमा लोचन राईको संयोजकत्वमा ५ सदस्यीय निर्बाचन मण्डल गठन गरिएको थियो। बन्द सत्रमा निबर्तमान महासचिब केशर दर्लामी मगरले महासंघको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए भने नि बर्तमान कोषाध्यक्ष नोगेन नेम्बाङ्गले आर्थीक प्रतिबेदन प्रस्तुत गरेका थिए।

नयां कार्य समिति

अध्यक्षमा पवन चाम्लिङ राइ, वरिष्ठ उपाध्यक्षमा मल्लिका थकाली, उपाध्यक्षमा गजेन्द्र शेर्मा र बाबुलाल मोक्तान, महासचिवमा केशव दर्लामी मगर, सचिवमा युगेल तेन्डुप र चोइस किराती, कोषाध्यक्षमा अग्नि पान्धक(मिराक), सहकोषाध्यक्षमा बमबहादुर तामाङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा गुरु निमा शेर्पा, युवराज राई, तुल चोचाङगी मगर, विपिन चौधरी, शिवशंकर महतो थारु रहेका छन्।अन्य संदस्यहरू सम्बन्धित संस्थाबाट पद पुर्ति गरिने जनाइएकाेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...