एमटियु कोरियाको वार्षिक साधरणसभा सम्पन्न, सचिवमा ओझाको नियुक्ती
दक्षिण कोरियामा रहेको प्रवासी मजदुरहरुको हक अधिकार सुनिस्चित गर्न प्रवासी मजदुरद्वारा गठित प्रवासी मजदुर संगठन (एमटियु) को बार्षिक साधारणसभा बिधान संशोधन र कार्ययोजनाहरु पारित गर्दै सम्पन्न भएको छ ।
साधारण सभामा विधान संशोधन गरी एमटियुको पुरा नाम “सउल ख्यंगी इन्छन प्रवासी मजदुर संगठन” लाई छोटकरीमा प्रवासी मजदुर संगठन (एमटियु) कायम गरिएको छ । साथै रिक्त रहेको केन्द्रिय सचिव पदमा प्रचारप्रसार हेर्दै आएका मधुसुधन ओझालाई नियुक्त गरिएको छ ।
एमटियुको आर्थिक अवस्था नाजुक भएको भन्दै सदस्य शुल्क ५ हजार वोनबाट १० हजार वोन लिने निर्णय गरिएको छ ।
सउलमा आइतबार सम्पन्न साधरणसभामा कोरियन प्रजातान्तिक मजदुर माहासंघकि माहा सचिब ई यंग जुको प्रमुख आतिथ्य रहेका थिए भने अध्यक्ष उदय राईको सम्बोधनबाट समापन गरिएको थियो ।