एन सि सि काेरियाले १७ अाैं अन्तराष्ट्रिय अाप्रबासी दिवसकाे अवसरमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने।
नेपाली सम्पर्क समिति कोरियाले १७ औ अन्तराष्ट्रिय आप्रबासी दिवसकाे अवसरमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्ने भएकाेछ। हरेक बर्षको डिसेम्बर १८ तारिखलाई संयुक्त रास्ट्रसंघले आप्रबासी दिवसकाे रूपमा मान्दै अाएकाेछ । कोरिया स्थित नेपाली आप्रबासीहरुको सामाजिक हित र अधिकारका लागि २४ बर्ष अगाडि कोरियाली भूमिमा गठन भएको NCC ले आगामी दिनहरुमा कोरिया स्थित नेपालिहरुको लागि नया र सृजनात्मक काम गर्ने तयारी गरिरहेको छ। यसै क्रममा अाप्रबासी दिवसकाे अवसरमा काेरियन डाक्टरहरूकाे टाेलीलार्इ अामन्त्रण गरि निम्न मिति समय र स्थानमा फ्रि मेडिकल क्याम्पकाे अायाेजना गर्न लागिएकाे जानकारी नेपाली सम्पर्क समितिका अध्यक्ष अन्जु केसीले दिइन्।उक्त कार्यक्रमलाइ दुर्गा रेष्टुरेण्टले अावश्यक सहयाेग गर्दैछ भने सपोर्ट नेपाल फाउंडेसन र Global Friendship Capital ले स्पाेन्सर गर्ने जानकारी पनि केसीले दिइन्।
मिति- २०१७ डिसम्बर १७ तारिक
समय -दिन को ११ बजे देखि ३ बजे सम्म
स्थान -दुर्गा रेष्टुरेण्टकाे हल, जाेङगाक स्टेसन गेट नं. २ नजिकै साैल
फ्रि मेडिकल क्याम्पमा सहभागी हुनकाे लागि अग्रीम नाम दर्ता गर्नु पर्नेछ।
सम्पर्ककाे लागि
अन्जु केसी ०१०४०५०५०१२
यज्ञ राज सुबेदी ०१०६३०००९०२
किरण अधिकारी ०१०६६८५२८०९