काेरियामा चासाेक तङनाम ५०७७ भब्य रूपमा मनाइयाे।
हामी हाम्रो पहिचान र अस्तित्वको लागि एक हौ भन्ने नाराका साथ किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले लिम्बु जातिकाे महान पर्ब चासाेक तङनाम भब्यताकाे साथ मनाएकाेछ।२०१७ डिसेम्बर १० तारिख आइतबारका दिन कोरियाको राजधानी सौलमा नेपालको रास्ट्रिय तथा किरात लिम्बु जातिहरुको महान पर्व चासोक तङ्नाम ५०७७ भब्यताका साथ मनाइएको हाे। कार्यक्रमको सभापतित्व कि.या.चु. कोरियाका अध्यक्ष सुन्दर दिप आङ्देम्बेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल् आदिबासी जनजाती महासघ काेरियाका अध्यक्ष पवन चाम्लिङ राइ रहेका थिए। बिशेष अतिथिकाे रूपमा कोरियामा रहेका विभिन्न संघ सङ्स्थाका प्रमुखहरू रहेका थिए। कार्यक्रममा कियाचुका ब उपाध्यक्ष अग्नी पान्धकले मन्तब्यले स्वागत गरेका थिए।काेरियाकाे बिभिन्न क्षेत्रबाट लिम्बु जाति तथा अन्य महानुभावहरूकाे बाग्लाे उपस्थिति रहेको थियो ।कार्यक्रममा लिम्बुहरुको परम्परागत सास्कृतिक भेष भुसा कला नृत्य पनि प्रस्तुत गरिएकाे थियाे।साथै मौलिक खानाका परिकारहरुको साथमा कार्यक्रम सम्पन भएको थियो ।उक्त कार्यक्रमकाे संचालन सचिब प्रबेश फियाक लिम्बूले गरेका थिए।