थेगु नेपाली सेल्टरका संयोजक सुरेश खत्रीले अर्कैलाई सुम्पे जिम्मेवारी


दक्षिण कोरिया थेगु शहर स्थित ‘थेगु नेपाली सेल्टर’का संयोजक सुरेश खत्रीले सेल्टर व्यवस्थापन र सेल्टरसँग सम्वन्धित सम्पूर्ण जिम्मेवारी सेल्टरसँग आवद्ध प्रकाश बराल र प्रमोद गौतमलाई सुम्पिएका छन् । आफ्नो ४ वर्ष १० महिनाको वैधानिक कार्यअवधि पुरा गरी यहि डिसेम्बर १५ तारिखमा स्वदेश फर्कर्दै गरेका खत्रीले सेल्टरको सम्पूर्ण जिम्मेवारी सुम्पिएको सबैलाई अवगत गराएका छन् ।

थेगु सेल्टर निकै पहिलाबाटै सञ्चालनमा आए पनि तत्कालिन संयोजक सुरेश खत्रीको जिम्मामा भने 2015 बाट आएको थियो। उनको जिम्मेवारिमा सेल्टर आए लगतै धेरै ब्यवस्थित भएको कुरा उक्त सेल्टरमा आश्रय लिने नेपालीहरु बताछन् । हालसम्म  सेल्टरबाट सहयोग लिने नेपालीहरुको संख्या सात सय नाघी सकेको जानकारी संयोजकले दिएका छन् । यो सेल्टरको मासिक ब्यय ८,५०,०००(आठ लाख पचास हजार)वन देखि ९,००,०००(नौ लाख वन) सम्म रहने गरेको छ।

यस सेल्टरमा आउने नेपालीहरुले स्वेच्छिक सहयोग गर्न सक्ने बताउदै अशक्त र अफ्ठ्यारोमा परेकाहरुको लागि निसुल्क सहयोगको समेत ब्यवस्था गरिएको खत्रीले बताए । उनका अनुसार यहाँ आउने नेपालीहरुले आश्रय लिन इन्ट्री फि स्वरुप ४० हजार वन तिर्छन भने खानको लागि सेल्टरमा बस्दै आउनुहुने साथिभाईहरु मिलेर आफैले खाने व्यवस्था छ। तिनवटा फराकिलो बेड रुम, एउटा किचन,,सिटिङ रुम भएकोले आउनेहरु प्रत्येकले सेल्टरको निकै तारिफ गर्ने त्यहाँ आउने जाने नेपालीहरु बताउछन।

contact person

Prakash Baral – 010 97155955

Pramod gautam – 010 29488850

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...