कोरियाले आगामी वर्ष सिबिटि तथा पिबिटीबाट ५६ हजार प्रवासी मजदूर ल्याउने
कोरियाले आगामी बर्ष अर्थात सन् २०१८को लागि इपिएस मार्फत १६ देशबाट ल्याउने कामदारको कोटा निर्धारण गरेको छ । यसरी लैजाने प्रवासी मजदुरहरुको कोटा कोरियन सरकारले प्रत्येक बर्ष तोक्ने गर्दछ । गत शुक्रबार सरकारको तर्फबाट १२ जना, मजदुर संगठनबाट २ जना, कम्पनी ब्यबस्थापक र अन्य क्षेत्रबाट गरि २१ जनाको कोटा निर्धारण समितिको बैठकले उक्त निर्णय गरेको प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राइले बताएका छन् ।
समितिले २०१८ को लागि जम्मा ५६ हजार प्रवासी मजदुरको कोटा तोकेको छ । उक्त कोटा संख्याबाट ४५ हजार पिबिटीबाट तोकिएको छ भने बाँकि रहेको ११ हजार कमिटेड वर्कर तथा बिशेष कोरियन भाषा परिक्षा (सिबिटी) बाट तोकिएको छ ।
प्रवासी मजदुर कोटा निर्धारण समितिले तय गरेको २०१८ को प्रवासी मजदुरको कोटा ५६ हजार मध्ये ५१ हजार ३ सय १३ जना आफ्नो समयावधि पुरा गरेर फर्किनेको ठाउँमा हो भने ४ हजार ६ सय ८७ नया माग भए अनुसार ल्याउने कोटा हो । त्यसैगरी सन् २०१८ मा १० हजार बिना भिसाका कामदारलाइ स्वदेश फर्काइने पनि बताइएको छ ।
कोरियाले इपिएस लागु भएयता एसियाका भिभिन्न १६ देशबाट कामदार लिदै आएको छ । यसरि ल्याएका कामदारले उत्पादनमुलक क्षेत्र ,निर्माण क्षेत्र ,कृषि तथा मत्स्यपालन क्षेत्र क्षेत्रमा काम गर्ने भएपनि हाल नेपालको लागि निर्माण तथा मत्स्यपालन क्षेत्रमा काम गर्ने अनुमति भने छैन ।
२०१८ मा प्रवासी मजदुर (ई ९ ) नया प्रवेश गर्नेको क्षेत्र तथा संख्याको बर्गिकरण यस प्रकार रहेको छ ।
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा (सख्या) ५६,००० ५४,००० +(२००० ) ४२,३०० ६,६०० २,६०० २,४०० 4 १००
नया ४५,००० ४३,००० +(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० 4 ९० +
पुन प्रवेश ११,००० १०,०५० ७३० २०० १० १०
प्रवासी मजदुर कोटा निर्धारण समितिले तोकेको कोटा अनुसारको प्रवासी मजदुरहरु २०१८ को कुन महिनामा कति जना लैजान्छ ।
समय जम्मा उत्पादन कृषि तथा पशुपालन मत्स्यपालन निर्माण सेवा
जम्मा शंख्या ४३,००० +α(२००० ) ३२,२५० ५,८७० २,४०० २,३९० ९०
जनवरी १५,७७० ९,६०० +1 २,६१० १,१०० १,२२०+4 ४० +5
अप्रिल १४,५४० ९,६०० २,६१० ७५० ७३० ५०
जुलाई ७,५४० ६,५५० ५५० ४४०
अक्टोबर ७,१५० ६,५०० ६५०
कार्य अवधि पुरा भएर जाने प्रवासी मजदुरको संख्या निम्न बमोजिम छ
बर्गिकरण जम्मा उत्पादन कृषि तथा पशुपालन मत्श्यपालन निर्माण सेवा
प्रस्थान गर्ने मजदुर ४१,३१३ ३५,६४९ ३,३८२१ ९०१ १,३४२ ३९
श्रोत, उदय राइ- अध्य्क्ष प्रवासी मजदुर युनियन