नयाँ वर्षको स्वागत गर्न नेपालबाट चार कलाकार कोरिया आउदै , यही आइतबार सउलमा गुञ्जिने
सोल
आगामी नयाँ वर्ष २०१८ लाई स्वागत गर्न नेपालबाट चार कलाकार दक्षिण कोरिया आउने भएका छन् । लोकदोहोरी गायिका सृष्टी पुन मगर र गायक सुरेश अधिकारी, पप गायिका तारा श्रीस मगर र नायिका तथा डान्सर उपासना नेम्वाइ० कोरिया आउने भएका हुन् । उनीहरुले कोरियाको दुई मुख्य शहर सउल र बुसानमा संगीतिक प्रस्तुती दिनेछन् ।
उनीहरुले कोरियामा दुई अलग अगल सांस्कृतीक कार्यक्रममा सहभागिता जनाउने छन् । कोरियामा संचालित अनलाईन मिडिया नेपालीकोरिया डट कमले क्रिशमस तथा नयाँ वर्ष २०१८ को उपलक्ष्यमा यही आइतबार डिसेम्बर २४ तारिख सउलमा गर्न लागेको रमाइलो संगीतिक सौगात कार्यक्रममा उनीहरुको पहिलो संगीतिक प्रस्तुती हुनेछ । कार्यक्रम सउलको संगबोक खुछइ०मा गरिने आयोजकले जनाएको छ ।
त्यस्तै नयाँ वर्ष २०१८ को पूर्व सन्ध्यामा डिसेम्बर ३१ तारिख नेपाली सम्पर्क समिती बुसान शाखाले बुसानको डेमोक्रेशी पार्कमा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रममा उनीहरु पुग्नेछन् । जहाँ उनीहरुलाई स्थानिय कालाकार दिलिप थापा, मदन गिरी, अर्जुन सुब्बा, माइकल विष्ट, उमेश मेवाहाइ० र शिला मास्केले साथ दिनेछन् ।
कार्यक्रम कोरियाको पर्यटकिय स्थान बाउछाइ०छा गुम्बा परिसरमा भगवन गौतम बुद्धको प्रतिमा स्थापना गर्ने अभियानलाई प्रचार प्रसार गर्ने र बुसानमा महिला सेल्टर स्थापना सहयोगार्थ गरिन लागेको आयोजकहरुले जनाएको छ ।