स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु खि ल्होसार मनाउने
स्याङ्जा भिरकोट आर्थर तमु कोरियाले तमु जातिको महान पर्व तमु ल्होसार मनाउने भएको छ । डिसेम्बर ३० तारिखमा दोङ्देमुनको लुम्बिनी रेष्टुरेन्टमा आयोजना गर्न लागेको तमु खि ल्होसार २०१८ लाई भब्य बनाउन तयारी अन्तिम चरणमा पुगेको समाजको अध्यक्ष नर कुमार गुरुङले जानकारी दिए । उक्त दिन ल्होसारको शुभकामना आदानप्रदानसंगै स्योकैं र सम्मान कार्यक्रम पनि रहेको अध्यक्ष गुरुङले बताए ।
तमु ( गुरुङ ) जातिले पौष १५ को दिनलाई आफ्नो वर्ग (ल्हो) परिवर्तन / फेरिने दिनको रुपमा एकाअर्कामा शुभकामना आदानप्रदान गर्दै खुशीयाली साटासाट गर्दै धुमधामले मनाउने गरिन्छ । यसपटक च्य्हा ल्हो ( चरा वर्ग) को बिदाई र खि ल्हो ( कुकुर वर्ग ) लाई स्वागत गर्दै तमु ल्होसार मनाउन लागिएको समाजको सचिव सुशील गुरुङले बताए ।
स्थान :- लुम्बिनी रेष्टुरेन्ट , दोङ्देमुन सोल
मिति :- डिसेम्बर ३० तारिख शनिबार
समय :- बेलुका ७ बजे बाट
जाने तरिका :- सोल मेट्रोको लाईन नम्बर १ दोङ्देमुन स्टेशनको गेट नम्बर १ बाट सिधा ३०० मिटर वा सोल मेट्रो लाईन नम्बर १ र ६ दोम्यो आफ स्टेशनको गेट नम्बर ८ बाट सिधा ३० मिटर अगाडी ।