कोरियामा विश्वकै ठूलो इन्धन जहाज निमार्ण
पानी जहाज निमार्णमा विश्वमै चर्चित मनिने देश दक्षिण कोरियामा हालै धेरै भार क्षमता भएको विश्वकै ठूलो इन्धन जाहाज निमार्ण गरिएको छ । जसको भार क्षमता ५० हजार टन रहेको छ ।
एलएनजी ग्यास इन्धन टंयकसंग सुसज्जित सो जाहाज निमार्णको लागि गत वर्षको जुनमा हुंडई मेपो डॉक्यार्ड कम्पनीले आदेश पाएको थियो । सउलबाट दक्षिण पूर्वमा ४ सय १४ किलोमिटर टाडाको शहर उल्सानमा यो जाहाज निमार्ण गरिएको कोरिया संचारमाध्यमले जनाएको छ ।
ग्रीन इरिस नामक सो जाहाजलाई कोरियाकै जाहाज मालिक एलसिनलो विषेश इन्जिन प्रयोग गरी बनाउन लगाएका हुन् । दक्षिण कोरियाको इस्पात निर्माता कम्पनी पोस्कोले यस्को प्रयोग गर्ने छन् । पोस्कोले पछिल्लो समय इन्धन क्षेत्रमा पनि काम गर्दै आएका छन् ।