कोरीयामा एभरेष्ट सांगीतिक सौगात भाग 3 हुदै
सोलुखुम्बु सेवा समाजद्धारा सौल स्थित कोरियाली नयाँ बर्ष सलनालको अवसरमा फेब्रुरी १५ तारिखको दीन नेपालका ख्यातिप्राप्त कलाकारहरुको साथमा एभरेष्ट म्यजिकल कन्सर्ट भाग ३ कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त म्युजिकल कन्सर्टमा गायिका मेलिना राई, शिव परियार, राज सिग्देल, मनिता राई, मिलन लामाका साथमा हास्य कलाकार संदिप क्षेत्रीलगायतको प्रस्तुति रहने भएको छ ।
हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य सेवा एम्बुलेन्स उपलब्ध गराउने उद्धेश्यका साथ कोरीयामा कार्यरत नेपाली माज धमाकेदार साँस्कृतिक कार्यक्रम सफल बनाउन संस्था सल्लाहकार आङ दावा तामाङको संयोजकत्वमा आर्थिक प्रमुख नेश बाहीङ, प्रचार प्रसार प्रमुख सुनील दीप्त राई,कार्यक्रम ब्यबस्थापनमा केन्द्रराज कुलुङ राई,पासाङ शेर्पा, बिशन राई, सुर्य कुलुङ, प्रेम कुमार राई, सीतराम गुरुङ,सन्तोष राई,भुवन ढुङ्गाना, प्रकास राई, मनीकला राई,जेटी बमजन, हेमराज राई, ठम्मेल राई, बिनोद बस्नेत,भक्त किराती,गेल्बु शेर्पा, बिजय राई, पेम्बा ठीले शेर्पा, प्रोमिस नाछीरिङ, भलानाथ गुरुङ, मञ्जु राई, सुधिर गुरुङ,दिप किराती, सुक्र राई, युगल शेर्पा,टिका खालीङ, लगायत ललित कला मञ्च दक्षिण कोरीया स-संयोजत्वमा अन्य संघसंस्थाका प्रतिनिधि परीव्यक्षक रहेका छन् ।
सोलुखुम्बु सेवा समाजद्धारा धेरै बर्ष अन्तराल पस्चात कोरीयामा नेपाली संघसंस्थाहरुको समन्वयमा सामाजिक कार्यको लागी एभरेष्ट म्युजिकल कार्यक्रम आयोजना हुने भएकोले सम्पुर्ण दाजुभाई तथा दिदीबहिनीहरु सहभागी भई सांस्कृतिक कार्यक्रम सफल बनाई दिन आयोजकले हार्दिक अनुरोध गरेको छ ।