बदनाम हुदै छ पत्रकारीता
अत्रस्त यात्री समीप
कुनै पनि समाजमा समाज संचालनका लागी पत्रकारिता एक अभिन्न अंग हो, पत्रकार बिनाको समाज अन्धकारमय हुन्छ। सत्य युग देखी नै पत्रकारिता कुनै न कुनै रुपमा अंगालिदै आइरहेको छ भन्ने कुरा नारदमुनीको इतिहासबाट पुष्टि हुन्छ ।
पत्रकारिता भनेको अन्धकारमा रहेको चिजबस्तुलाई खोजतलास गरी सत्यतथ्य बाहिर ल्याई प्रकास दिनु वा भनौ कुनै अन्धकारमा रहेको बिषयबस्तुलाई उज्यालो प्रदान गर्ने पेसा हो। यस पेसामा निडर, कठोर मन भएका, कुनै पनि बिषयबस्तुलाई गहनता पुर्बक अध्ययन गरी निस्कर्ष निकाल्न सक्ने खूबी भएको क्षमतावान ब्यक्ती आवाश्यक पर्दछ।
समाजमा भैराखेका घटनाक्रम देश बिदेस आदीबारे आज हामी पत्रकारहरुकै कारणले कोठामा बसेर जान्ने बुझ्ने हुन सकेका छौ। यदी हाम्रो समाजमा पत्रकारिता नहुदो हो त ? यो कल्पना सम्म पनि गर्न नसकिने कुरा हो। सिंगो बिश्व परिवर्तनको दिशामा दौडिरहदा त्यस दौडलाई सार्थक पार्न पत्रकारिता जगतको महत्वपूर्ण भुमिका रहिआएको छ। तर पछिल्लो समयमा यती स्वच्छ र निश्चल पेसामा केही बदमासीहरु घुसीरहेका छन, पत्रकारिताको आधारभुत मुल्य मान्यता भित्र रहेर कलम चलाउन नसक्नेहरुले पत्रकारको त्याग भिरेर सिंगो पत्रकारिता नै बदनाम गरिरहेका छन।
कुनै समय पत्रकारिता खोजिमुलक हुन्थ्यो । कुनै पनि बिषयबस्तुलाई राम्रोसंग केलाएर त्यस्को बास्तबिकता पत्ता लगाइसकेपछी मात्र प्रकाशन हुन्थ्यो त्यसको महत्व पनि उत्तिकै हुन्थ्यो र स्वभाबिक रुपमा ति खोजमुलक लेखहरुमा पाठकहरुको आकर्षण पनि अत्याधीक रहन्थ्यो। तर अहिले खोजी पत्रकारिता गर्ने पत्रकारहरु नगन्य मात्रामा छन । खोजी पत्रकारितामा समय र आर्थिक भार बढी खर्च हुने हुनाले अहीलेका अधिकांस पत्रकारहरु कोठे प्रबृतिका पत्रकारहरु छन। कोठे पत्रकारिताको उदय पश्चात पत्रकारिता जगतमा पनि बिकृति भित्रिन थालेको उदाहरण प्रसस्तै छ।
आजकाल पत्रकार हुनलाई कुनै तालिमको जरुरत पर्दैन एउटा ब्लग बनायो जानी नजानी केही लेख्न थाल्यो त्यस पछी ती मान्छेहरु समाजमा खुलेआम पत्रकार हु भन्दै नाक फुलाउदै हिडिरहेका हुन्छन ।
केही ब्लगहरुका लेख र पत्रकारिता प्रसंसनिय भएतापनि आजकालका अधिकांस ब्लगहरु कमाउ धन्दामा लागि परेकाछन जस्ले गर्दा कुनै सत्यता नभएका लेखहरु पनि छ्यास छ्यास्ती प्रकाशनमा आइरहेका छन, पाठकहरुलाई कुन साइटका लेखहरु सत्य कुन लेखहरु मिठ्या हुन भन्ने छुट्टयाउन मुस्किल परिरहेको छ जस्ले आधारहिन समचारहरु पनि पढ्न बाध्य बनाइदा आम पत्रकारिता जगत प्रती नै पाठकहरुले औला उठाउन बिबस भएका छन।
आजकाल कोही कसैले केही बोल्न र केही गर्नै पर्दैन कोठामै बसेर पत्रकारहरुले लेखको काल्पनिक डिजाइन तयार पार्छन र प्रकाशन गरिदिन्छन ‘ल फलानोले फलानो लाई यसो भन्यो, फलानोले यसो गर्यो’ अनी त्यसको प्रती उत्तर पनि सम्बन्धित पक्षले दिनै पर्दैन तम्तयार अबस्थामा पहिल्यै बसीसकेको हुन्छ जवाफ, अनी प्रकाशनमा आउछ।
गुगल ब्वाईले यसो भन्यो, केपीले प्रचण्डलाई यसो भन्यो ,प्रचण्डले केपीलाई यसो भन्यो, गगनले यसो गर्यो, डोनाल्ड ट्रम्पले यसो गर्दैछ, उत्तरकोरियाले यसो गर्दैछ यस्तो लाग्छ की खोजपत्रकारिता अंगाल्ने पत्रकारहरु कमी भएर कुनै कुराको कपी पेष्ट गर्न नपाई कोठे पत्रकारहरु आफै दोहोरी खेलिरहेका छन, जुन लेखको कुनै स्रोत नै छैन र पुरै काल्पनीक छन , भएको केही छैन तर समाचार आउछ कुनै ठुलै घटना घटिरहेको छ की जसरी!
के यही हो त पत्रकारिताको न्युनतम मुल्यमान्यता? यि यस्ता कुराहरुको नियमन कस्ले गर्ने हो? पत्रकार महासंघ ले गर्ने की राज्यले? पत्रकारिता जस्तो अत्यन्तै संबेदनशिल क्षेत्रमा रहेर काम गर्नेहरुले किन यस्ता गम्भिर कुराहरुलाई सामान्यरुपमा लिइराखेका छन? पत्रकारिता जगतकै बदनाम हुनेगरी कोठेपत्रकारहरु कृयाशिल रहदा किन अन्य पत्रकारहरुले यो बिषयमा आवाज उठाउन सकिरहेका छैनन??? बेलैमा यि यस्ता कुराहरुमाथी निगरानी र त्यस्ता बदमासहरुलाई कार्बाही नभएमा भोलिको दिनमा पत्रकारिता जगत नै अपराधिहरुको धन्दा गर्ने ठाउ बन्नेछ र सारा जनताको भरोसा हराउने छ पत्रकारिता जगत प्रती त्यो बेला जवाफदेही को हुने?
जैमिनी नगरपालिका 8 छिस्ती बागलुङ
हाल, दक्षिण कोरिया।