सलनालमा झोर्ले सांगीतिक सौगात हुने
कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा नेपाल मगर संघ किम्हे बुसान शाखाले यही फेबु्रअरी १५ तारिखमा “झोर्ले सांगितिक सौगात भाग एक “आयोजना गर्ने भएको छ ।
कार्यक्रममा गायक सुगम पोखरेल, गायिका मिलन अमात्य, नेपाल आईडलकी रक गायिका केञ्जलमेहर श्रेष्ठ, लोक दोहोरी गायीका सम्झना लामिछाने, हास्य कलाकार तथा प्रस्तोता दिनेश काफ्ले, लेट मी डान्स सिजन दुईका विजेता डान्सर बिष्णु दगामीमगर, गायीका बबिना किराती नेपालबाट आउने र कोरियामै रहेका कलाकारहरूको प्रस्तुति समेत हुने आयोजकले बताएको छ ।
अपराधिक कार्यमा संलग्न भई जेल जीवन विताईरहेका आमाबुबाको बच्चाहरूलाई पालनपोषण तथा शिक्षा दिइरहेको संस्था Prisoner’s Assistance Nepal को सहयोगार्थ कार्यक्रम गर्न लागेको आयोजकले बताएको छ ।
सामाजिक कार्य गर्ने उदेश्यका लागि कार्यक्रम गर्न लागिएकोले कार्यक्रमलाई सफल पारिदिन किम्हे बुसान, खजेदो, छिन्जु, थेगु, उल्सान एरियामा रहेका संघसंस्था व्यवसायी सामाजिक अभियन्ताका साथै सम्पुर्ण नेपालीलाई मगर संघले आग्रह गरेको छ ।