विदेशी कामदारप्रति कोरियनहरु ‘नकारात्मक’
कोरियनहरुले बिदेशी कामदारलाई कोरियन समाजमा समान हैसियत भएको नमान्ने एक अध्ययनले देखाएको छ । दक्षिण कोरियाको राजधानी सउललाई आधार मानेर ओभरसिज कोरियन फाउन्डेसनले सन् २०१७ को जुलाई देखि अगस्टसम्म गरेको एक अध्ययनले सो कुरा देखाएको हो ।
बिभिन्न पेशा र उमेरका कोरियन समाबेश सो अध्ययनमा ६१ प्रतिशतले बिदेशी कामदारलाई पैसा कमाउन आएको मानिसका रुपमा मात्रै मान्ने गरेको देखाएको छ । अध्ययनमा विदेशी कामदार भन्नाले कोरियामा इपियस प्रणालीबाट तीन बर्ष भन्दा बढि काम गरेको विदेशी भनेर भनिएको थियो । सोही संस्थाले सन् २०१३ मा गरेको अध्ययनमा भने ५८ प्रतिशत कोरियनहरुले बिदेशी कामदारलाई पैसा कमाउन आएको मानिसका रुपमा लिएका थिए ।
अध्ययनमा समाबेश भएका ३९ प्रतिशत कोरियनहरुले मात्रै विदेशी कामदारलाई सामाजका समान हैसियत दिनु पर्ने बताएका थिए । यो सन् २०१३ भन्दा तीन प्रतिशत कम हो ।