मुक्तक
बबी गुरुङ निश्चल
हरियाली वनस्पतीमा यो स्वास फेर्न पाउँ
नेपाल आमा हाँसी रहेको सदा हेर्न पाउँ
देशभक्त हुँ जहाँ रहे पनि देशप्रती माया छ
अवस्था आए देशको लागि यो शिर सेर्न पाउँ ।।
पाईने छैन एक दिन बसेर खाना पनि
रहने छैन खेतमा अन्नका दाना पनि
जनता हो अब उठ्नु पर्छ जुट्नु पर्छ
नत्र हराउनेछ नेपालको निशाना पनि ।।
(जेरुसेलेम, इजराइल)