गितकार अमृत विश्वकर्माको ‘जब तिमि’ दर्शक माझ लोकप्रिय बन्दै


नेपाली सांगितिक क्षेत्रमा आधा दशक बिताएर कोरिया प्रबेश गरेका कलाकार अमृत विश्वकर्माको पछिल्लो प्रस्तुति ‘जब तिमि’ नामक बोलको म्युजिक भिडियोले लोकप्रियताको शिखर चुम्दै गएको छ ।

सर्बाधिक लोकप्रिय च्यानल Songs Nepal बाट युट्युबमा अपलोड गरिएको उक्त भिडियोले रिजिलको छोटो समयमै धेरै भन्दा धेरै दर्शकको मन जितेको देखिएको छ ।

‘जब तिमी’ मा गीतकार बिश्वकर्माको सुन्दर शब्द रचनालाइ लोकप्रिय गायक राजेश पायल राइले आफ्नो कर्ण प्रिय आवाज मार्फत अझ सुन्दर पारेका छन् । मित्र के.सी.को मिठो सङीतलाई सन्दीप राइले संयोजन मार्फत खोट लगाउन नभेटिने बनाएका छन् ।

कोरियाको विभिन्न रमणीय स्थानमा छायांकन गरिएको उक्त म्युजिक भिडियोमा कोरियामै कार्यरत रहेका कलाकार हरुले आफ्नो दमदार अभिनय प्रस्तुत गरेका छन् ।भने यसै भिडियो मार्फत मुगु जिल्ला घर भइ कोरिया लाई कार्य थलो बनाएका कलाकार मेग्मा लामाले डेब्यु गरेका छन् । उनलाइ चर्चित सुन्दरी मोडल राजकुमारी तामाङ्ले साथ दिएकी छन् ।

‘टु ब्रदर कृयशन’ बाट निर्माण भएको ‘जब तिमि’ को भिडियो निर्देशन तथा छायांकन पनि गितकार स्वयम बिश्वकर्माले नै गरेका छन् ।भने भिडियो लाइ प्राबिधिक कार्यमा दख्खल राख्ने सुनिल रामदानले सम्पादन गरेका छन् ।

देश बाहिर बसेर पनि नेपाली संगीत दुनियाँ लाई माया र प्रबर्द्धन गर्न सकृय रहेका बिश्वकर्मा ले दर्जनौ सफल लोकगितहरुमा आवाज दिनुका साथै अभिनय पनि गरेका छन् ।

आम दर्शक श्रोतालाइ आफ्नो भगवान मान्ने बिश्वकर्माले उहाहरुकै सुझाब र प्रतिकृयालाइ मन्दिरको प्रसाद सम्झेर अगाडी बढ्ने बाचा गर्दै पुनः छिट्टै नै प्रमोद खरेलको आवाजमा रहेको गित सार्वजनिक गर्ने अन्तिम तयारिमा रहेको समेत बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...