ओएनएफ कोरियाको थेजन क्षेत्रिय शाखा विस्तार गरिने
सोल
नेकपा एमालेका विदेश भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाले थेजन क्षेत्रिय शाखा विस्तार गर्ने भएका छन् । आइतबार थेजनमा सम्पन्न भेलाले सचिन कार्कीको संयोजकत्वमा ११ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।
ओएनएफ कोरियाका केन्द्रीय अध्यक्ष परशुराम सापकोटाको उपस्थितीमा सम्पन्न भेलाले तीन महिना भित्र अधिवेशन सम्पन्न गरी कार्यसमिती चयन गर्ने निर्णय गरेको छ । ओएनएफ कोरियाका थेजन ११ औ क्षेत्रिय शाखा हुनेछ । हालसम्म सउल ,इन्छन्, भुसान, उइजम्बु, गजेदो, ख्वाइ०जु, थेगु लगायत बाक्लो नेपाली बसोबास गर्दै आएका विभिन्न शहरहरुमा क्षेत्रिय शाखा विस्तार गरी ओएनएफले संगठनलाई सक्रिय पार्दै आएका छन् ।
अधिवेशन आयोजक कमीटीमा जय कुमार राई सहसंयोजक रहेका छन भने सदस्यहरुमा गोकुल राई, शुक्रराज बराल, अनुज बराल, सिविर लामा, परशुराम न्यौपाने, दिनेश पाठक, विनोद न्यौपाने र भगिरथ खनाल रहेका छन् । प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको केन्द्रीय कमिटीको थेजन इन्चार्ज मदन भुजेलको संयोजकत्वमा बैठक सम्पन्न भएको थियो ।
साथै जनवरी २१ तारिक ओ एन एफ ख्यंगीदो ख्वागंजु क्षेत्रको अधिबेशन रहेको छ ।