नेपाली सामुदायिक समिति ख्वाङजुको दोश्रो साधारण सभा सम्पन्न, राइको नेतृत्वमा नयाँ कार्यसमिति चयन


नेपाली सामुदायिक समिति ख्वाङ्जुले आफ्नो दोश्रो साधारण सभा सम्पन्न गरे संगै तेस्रो कार्यकालको लागि कार्यसमितिमा पनि फेरबदल गरेको छ ।

यहि ७ तारिक आइतबारका दिन ख्वाङ्जुमा सम्पन्न भएको दोश्रो साधारण सभाले नवीन राईलाई तेस्रो कार्यकालका लागि अध्यक्ष्यमा निर्बिरोध चयन गर्दै ११ सदस्यीय कार्य समिति पनि चयन गरेको छ ।

निबर्तमान अध्यक्ष्य सन्तोष पराजुलिको सभापतित्वमा सम्पन्न भएको उक्त साधारण सभामा विभिन्न संघ सस्थाका प्रतिनिधिहरु सहित झन्डै १ सय जति नेपाली हरुको उपस्थित रहेको थियो भने कार्यक्रमलाई राजु श्री ले सन्चालन गरेका थिए।

नेपाली राष्ट्रिय गान गाएर शुरु गरिएको उक्त कार्यक्रममा पर्बत राइले शुभकामना मन्तव्य राखेका थिए । सस्थापक उपाध्यक्ष तथा समाजसेबी घ्याम्जो लामाले सस्थाको प्रगतीको बारेमा छोटकरी बताए । समितिका कोषाध्यक्ष रामचन्द्र बरालले दोस्रो कार्यकालको आर्थिक प्रतिबेदन पेश गरेका थिए भने ख्वाङ्जुका समाजसेवी तथा अबिभाबक श्री खनालले तेश्रो कार्यसमितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरे ।

समिती स्थापना कालदेखी निरन्तर सहयोग गर्दै आएका निबर्तमान कोषाध्यक्ष रामचन्द्र बरालले पनि नयाँ कार्यसमितिलाई शुभकामना दिदै आर्थिक पारदर्शीता र मितब्ययितालाइ जोड दिन आग्रह गरे ।

झन्डै ७ बर्ष अघि स्थापना भएको नेपाली सामुदायिक समिति ख्वाङ्जुमा रहेका नेपालीहरु माझ लोकप्रिय सस्था हो । यसले नेपाल लगायत कोरियामा दुख सुखमा परेका नेपालीहरुलाई निस्वार्थ भावनाले सहयोग गर्दै आइरहेको छ । कोरियामा काम छोडेर बसेका नेपालीहरुका लागि नेपाली सामुदायिक समितिको आफ्नै सेल्टर समेत सन्चालन रहेको छ ।

अध्यक्ष : नबिन राई
वरिष्ठ उपाध्यक्ष : कृष्ण मल्ल
उपाध्यक्ष : कृष्ण के.सी.
महिला उपाध्यक्ष : सारा तामाङ
सचिब : जय मान वाइबा
सह-सबिच : देबिराम गिरि
कोषाध्यक्ष : गुरुदत्त पराजुली
सह-कोषाध्यक्ष : आङ्फुरी शेर्पा

सदस्यहरु : गोपाल सारु , रादुलय राई ,अर्जुन बिक्रम शाह रहेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • नानाआङा धिम सहयोगको लागि किम्हेमा डिजे पार्टी
  • सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाको ११औ अधिवेशन सेप्टेम्बर १५ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...