जनप्रगतिशिल मन्च किम्हे बुसानको अधिवेशन मार्चमा
नेकपा माओवादी(केन्द्र) निकट प्रवाश संगठन जनप्रगतिशिल मन्च दक्षिण कोरिया किम्हे, वुसानको दोस्रो क्षेत्रीय अधिवेशन 2018 मार्च 25 मा किम्हेमा हुने भएको छ । आइतबार रविन राईको अध्यक्षतामा वसेको तदर्थ समितिको बैठकले अधिवेशन सफलता पुर्वक सम्पन्न गर्न जिम्वेवारी बाडफाड समेत गरेको छ । अध्यक्ष रविन राई ब्यवस्थापक प्रमुख, निरज पाण्डे आर्थीक विभाग प्रमुख,प्रशान्तराज बानिया हल ब्यवस्थापक,सागर पोख्रेल प्रचार प्रसार प्रमुख रहने गरी जिम्मेबार तोकेको छ।
जनप्रगतिशिल मन्चका केन्द्रिय वरिष्ठ उपाध्यक्ष इश्वर कठायतको विशेष उपस्थितिमा वसेको वैठकले मन्चका केन्द्रिय सदस्य, ख्यंनाम क्षेत्रका निवर्तमान क्षेत्रिय सचिव सागर पोख्रेल मिर्याङ् नेपाली समाजको अध्यक्षमा चुनिनु भएकोमा उहालाइ तदर्थ समितिको तर्फवाट वधाइ एवं सफल कार्यकालको शुभकामना समेत दिएको थियो।