तिब्र गतिमा संगठन बिस्तारमा प्रवासी नेपाली मञ्च दक्षिण कोरिया
नेकपा एमाले प्रवास पार्टी कमिटी प्रवासी नेपाली मञ्च (ओएनएफ) दक्षिण कोरियाले कोरियामा क्षेत्रिय स्तरमा संगठन विस्तार तिब्र रुपमा अगाडि बढाएको छ । प्रवासी नेपाली मञ्च (ओएनएफ) ले कोरियाको विभिन्न क्षेत्रमा आफ्नो संगठन बिस्तार गर्ने क्रममा आइतबार छन्जुमा एक भेला आयोजना गरी लोकेन्द्र चन्दको संयोजकत्वमा एघार सदस्यीय अधिवेशन आयोजक कमिटि गठन गरेको छ ।
ओएनएफ कोरियाका केन्द्रिय सदस्य गोबिन्द प्रसाद बरालको आतिथ्यमा छन्जुमा बसेको भेलाले उक्त अधिवेशन आयोजक कमिटि गठन गरेको ओएनएफ कोरियाले जनाएको छ । नव गठित कमिटिले छन्जुमा छिटै नै क्षेत्रिय अधिवेशन गर्ने बताइएको छ ।
यसैबीच ओएनएफ ख्यंगिदो ख्वागंजु क्षेत्रीय कमिटीको अधिवेशन यहि जनवरी २१ तारिख हुने तय भएको जानकारी प्राप्त भएको छ ।