सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रमकाे अाम्दानी खर्चकाे हिसाब प्रस्तुत।
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सिरिजङ्गा साङ्गितिक सौगात भाग -४ कार्यक्रम २०१७ अक्टुबर ३ तारिखका दिन भब्यताका साथ सम्पन गरेको थियो। यस कार्यक्रमबाट हुन आएको आय ब्ययकाे हिसाव किताब सार्बजनिक गरेकाेछ।
२०१७ डिसेम्बर ३१ तारिखका दिन सुवन स्थित चुम्लुङकाे कार्यालयमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष सुन्दरदीप अाङदेम्बेकाे अध्यक्षता बैठक बसी अार्थीक संयाेजकले अाय ब्याय प्रस्तुत गरेका थिए।बैठकमा चुम्लुङका पदाधिकारीहरु लगायत अन्य बुद्दीजिबिहरुको उपस्थिति रहेकाे थियाे।आर्थिक सम्योजकबाट प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार सांस्कृतिक कार्यक्रममा कुल अाम्दानी ४,४६,६२,८८७ वाेन हुन आएको छ भने कार्यक्रम सम्पन्न गर्न ३,४५,५७,००० वोन खर्च भएकाेछ।कुल अाम्दानीबाट कुल खर्च घटाउदा कुल बचत १,०१,०५,८८७ वोन हुन आएको कुरा सार्बजनिक गरिएको छ।
सांस्कृतिक कार्यक्रमलार्इ सफल बनाउन बिभिन्न क्षेत्रबाट सहयाेग गर्ने सम्पुर्ण महानुभावहरूलार्इ चुम्लुङका अध्यक्ष सुन्दरदीप अाङदेम्बेले हार्दिक धन्यबाद प्रदान गरेका छन्।