कोरियामा नेपाल फर्कने टिकट लिएका युवा झुण्डिको अवस्थामा भेटिए
सोल
कोरियाबाट जनवरी ९ तारिख नेपाल हिड्नु पर्ने एक युवालाई १० तारिख झुण्डिएको अवस्थामा भेटियो । ख्यांगीदो पोछानमा एक प्लाष्टिक घर नजिकै रुखमा बुधबार झुण्डिएको अवस्थामा भेटिएका थिए बर्दिबासका प्रकाश थापा मगरलाई । मगर ८ तारिखदेखि नै साथीहरुसंग सम्पर्क विहिन भएपछि खोज्दै जादा त्यहाँ भेटिएको थियो ।
एक महिना अघिदेखि कपाल झर्ने समस्या देखिएपछि डक्टरलाई जचाउदा कुनै समस्या नभएको भनिएता पनि क्यानसरको आशंकामा मगर चिन्तित हुदै आएका थिए । त्यसैले नेपालमा गएर परिवारलाई पनि भेट्ने र उपचार पनि गर्ने भन्दै हवाई टिकट लिएका थिए । एक साता अघिदेखि भने मृतक मगर टोलाएर एक्लै बस्ने रातभर नसुत्ने, विहान चाडै उठेर गीत गाउने गर्न थालेको संगै बस्ने साथीहरुले बताएका छन् । त्यसैले मानसिक तनाबका कारण आत्माहत्या गरेको हुनसक्ने अनुमान गरिएको छ ।
२४ वर्षिय मगर सात महिना अघि मात्र इपिएस मार्फत कृषी भिषामा कोरिया आएका थिए । उनको शबलाई स्थानिय प्रहरीले छानविन गरी हाल पोछान स्थित अस्पतालमा राखिएको छ । दूताबासमा पनि आधिकारीक जानकारी आइसकेको श्रम सहचारी डिल्लीराम बास्तोलाले जानकारी दिए ।