जाती र जातीयता सबैले सबैको सम्मान गरौ
जाती भन्ने कुरा नेपालिहरुलाई बिस्तारै सामान्य हुदै गैरहेको छ वा भनौ पाच्य हुदै गैरहेको छ तर जातियता भन्ने कुराले भने समाजमा अझै खैलाबैला मच्याउने गर्दछ। जाती र जातीयता भन्ने शब्दहरु सुन्दा खासै फरक नलागे पनी यसको अर्थ भने पृथक छ। जाती ब्याक्ती बिषेश लाई जनाउने शब्द हो भने जातीयता ब्याक्ती बिषेशको पहिचानलाई झल्काउने शब्द हो। यसरी एक अर्काका परिपूरक यी दुई शब्दको अन्तरद्वन्द्व नै आज नेपालमा देखिएको प्रमुख समस्या हो।
जाती भन्ने कुरामा कुनै मदभेद रहेन, अब कुरा जातियतामा आएर अड्केको छ। जाती : बाहुन क्षेत्री आदिबासी जनजाती दलित लगाएत अन्य र जातीयता भनेको उल्लेखित जातीहरुका आ-आफ्ना रहनसहन र संस्कृतिहरु भनेर बुझ्दा अनुपर्युक्त नहोला भन्ने लाग्छ। पृथ्वी उत्पत्ती पस्चात नै जाती सुरु भएको हो र जाती सुरु भएको निकै पछी मात्रै जातीयता सुरु भयो भन्ने कुरा त बिभिन्न धार्मिक मुल्यमान्यता र बिज्ञानको खोज अनुसन्धानलाई नियाल्दा पनी सजिलै जानकारी पाउन सकिने भयो।
यदी धर्मलाई मान्नुहुन्छ भने धार्मिक मान्यता अनुसार पृथ्वी उत्पत्ती पश्चात भगवानले एक महिला र एक पुरुष गरी केबल 2 जना मानब उत्पत्ती गरेका थिए र अहिले सारा बिश्वका मानवहरु तिनै दुई जनाका सन्तान हौ , तर यदी बैज्ञानिक कारण मान्ने हो भने हामी चिम्पान्जीबाट छुट्टिएर परिस्कृत र बिकसित हुदै एक आधुनिक सभ्यता तर्फ लम्किएका जातीहरु हौ। भनेपछी यदी गहिरिएर अध्ययन गर्ने हो भने हामी मानब जातिको जातियता त सबै समान थियो पहिले भन्ने कुरा प्रस्त हुन आउछ । तर अब यसलाई छोडेर अहिले जातियतालाई बिश्लेषण गर्दा हाम्रो रहनसहन परापुर्वकालमा समानता रहे पनी मानब सभ्यताको बिकासक्रम संगै बिभाजित हुदै आयो। त्यसैको बिभाजित रुप नै अहिलेको जाती हो र उनिहरुको गहना जातियता हो। गहिरिएर हेर्दा बिज्ञानको खोज अनुसन्धानलाई मान्दा हामी चिम्पान्जिकै एक अंस हौ साधारण अध्ययनमा अहिलेको बिभाजित जाती हौ।
हरेक कणहरु पनी बिभाजन हुदै जानु पर्ने नियम प्राकृतिक नियम हो त्यसैले हामी अधुनिक सभ्यताका मानब परापुर्बकालका चिम्पान्जिहरु पनी आ-आफ्नो बिबेक संगै टुक्रिदै बिभाजन हुदै आयौ र धेरै थरी बनेजस्तो देखियौ । साना साना इकाईहरु ठुलो हुदै जादा अन्तत टुक्रिनै पर्ने प्राकृतिक नियमले हामी टुक्रिएर बिभाजित बन्न पुग्यौ र आ-आफ्नो बिबेकको संस्कार बिकास गर्दै आयौ। फलस्वरुप आज तैले मेरो संस्कार लुटिस भन्दै एक अर्कामा आरोप प्रत्यारोप गरिरहेका छौ तर यसको अन्य हुन जरुरी छ किनकी आज हामिले मनाइराखेको हाम्रो सभ्यता पनी पछी हामिले नै बिकास गरेको सभ्यता हो र कालान्तरमा यो संस्कार अझै परिस्कृत हुदै जानेछ किनकी यो प्राकृतिक नियम हो ।
त्यसैले हामिले निर्बिकल्प एक अर्काको रहन सहन र सस्कृतिमा बिना अबरोध सम्मान गर्न सिकौ। अन्यथा यसरीनै एक अर्काको बिरोधमा आरोप प्रत्यारोप गरी मिलेको समाज खल्बलाउन खोज्यौ भने हिजोकै जंगली युगमा फर्किनुको बिकल्प रहने छैन।
अत्रस्त यात्री समीप
जैमिनी नगरपालिका 8 छिस्ती बागलुङ
हाल, दक्षिण कोरिया