मृत्युदण्डको कानून, टाँसी दे सरकार!
गजल /
उत्तम खजुम
मृत्युदण्डको कानून, टाँसी दे सरकार!
अनि बलात्कारीलाई, फाँसी दे सरकार!
देश र जनातालाई, जिउन गाह्रो पार्ने
भ्रष्टाचारीलाई सिधै, मासि दे सरकार!
राष्ट्रभक्ती सन्तती, हर साल जन्मदैँन
राम्रो काम गर्नेलाई, साथी दे सरकार!
आयु नै नपुगी किन? बारबार मर्छस् तँ
अब पूरा पाँच वर्ष, बाँची दे सरकार!