सोलुखुम्बु सेवा समाज साथ मकवानपुर कोरीया मञ्चद्धारा संयुक्त पत्रकार सम्मेलन तथा बृहत अन्तरक्रिया गर्ने
सोलुखुम्बु सेवा समाज र मकवानपुर कोरीया मञ्च दक्षिण कोरियाले आगामी सलनाल अवसरमा आयोजना हुने सांस्कृतिक कार्यक्रमलाइ सभ्य र भब्य रुपले सम्पन्न गर्न कोरियामा रहेका सम्पूर्ण नेपाली संघसंस्था बीच बृहत अन्तरक्रिया पत्रकार सम्मेलन तथा चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रवासमा आपसी समजदारी र सहकार्य बिना कुनै पनि कार्यक्रम सफल हुन् नसक्ने भन्दै कार्यक्रमलाइ के कसरि सभ्य र भब्य रुपले सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बिभिन्न संघ संस्थाका प्रतिनिधि बुद्दिजीवी पत्रकार ब्याबसाइ तथा कोरियामा रहेका समस्त नेपाली समुदाय बीच छलफलको लागि उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष टिआर खालीङ जानकारी गराउनु भएको छ।
नेपालका ख्याती प्राप्त कलाकारहरूद्धारा सांगीतिक कार्यक्रम आयोजना हुन गई रहेको कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नको लागि कोरियामा नेपाली संघसंस्था प्रतिनिधी लगायत दाजुभाइ तथा दिदीबहिनीहरूमा मकवानपुर कोरीया मञ्च अध्यक्ष सुरेश भोलान तामाङ अपिल गरेको छ ।
त्यसैगरी निम्न मिति र स्थानमा हुन् लागेको बृहत अन्तरक्रिया तथा पत्रकार सम्मेलनमा बिभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्दिजीवी, पत्रकार ,ब्याबसाई बर्ग लगायत समस्त नेपाली समुदायलाइ उपस्थितिको लागि संस्थाले हार्दिक अनुरोध समेत गरेको छ ।
मिति:- 2018-1-21 आईतवार
समय:- दिनको ठिक 11 बजे देखी
स्थान:- सौल तुङदेमुन (लुम्बेनी रेष्टुरेन्ट)