बिश्वकर्मा समाज कोरिया द्वारा मृगौला पिडितलाइ सहयोग
कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह बिश्वकर्मा समाज द.कोरियाले मृगौला पिडित पदम बिश्वकर्मालाइ ३० हजार १ सय ४० रुपैया आर्थिक सहयोग गरेको छ ।
बिश्वकर्मा समाज कोरियाका पदाधिकारी तथा अन्य समाजसेबी महानुभाबबाट सन्कलित उक्त रकम अस्पताल मै बिरामिलाइ हस्तान्तरण गरिएको समाजका अध्यक्ष सन्तोष काश्यप बिश्वकर्माले जानकारी दिएका छन् । धनकुटा पाख्रीबास निबासी २८ बर्षिय पदम बिगत २ बर्ष देखि दुबै मृगौला फेल भएर पाटन अस्पतालमा उपचार गराइरहेका छन् ।
घरको आर्थिक अबस्था अत्यन्तै दयनिय रहेको र भएको थोरै जायजेथा पनि उपचारकै क्रममा सकिए पश्चात् सहयोगको लागि सामाजिक सन्जालमा अपिल गरिएको देखेर आफुहरुले पनि सहयोग संकलन गरेको समाज का पदाधिकारि रामकुमार बि.क.ले बताए ।
पदम बि.क.लाई सहयोग गर्न चाहनुहुने दानी महानुभाबहरुले बिरामी पदम बहादुर बि.क.को आफ्नै नाममा रहेको जनता बैंक को खाता नम्बर ०१४११३०११२१८२०१ मा पनि सहयोग गर्न सकिने अथबा ९८१८१९१८७९ मा स्वयम बिरामी सग पनि सम्पर्क गर्न सकिने पारिवारिक श्रोतले जनाएको छ ।
स्मरण रहोस बिश्वकर्मा समाज द.कोरियाले केही समय अगाडी बलात्कारको शिकार भएकी करिश्मा बि.क. लाई पनि १ लाख रुपैयाँ सहयोग गरेको थियो ।