सलनालमा हुने सांस्कृतिक कार्यक्रम आयोजकको संयुक्त पत्रकार सम्मेलन
कोरियाको दोस्रो ठूलो चाड सलनालको अबसरमा दक्षिण कोरियामा हुने सांस्कृतिक कार्यक्रमका आयोजकहरुले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका छन् । मकवानपुर कोरिया मञ्च, सोलुखुम्बु सेवा समिति र गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले सो कार्यक्रम गरेका हुन् ।
मकवानपुर कोरिया मञ्चका अध्यक्ष सुरेश ब्लोनले केही ब्यक्तिगत फाइदा लिने ब्यक्तिहरुले कार्यक्रम जुधाए पनि कोरियामा रहेका नेपालीहरुले कुन कार्यक्रममा जाँदा ठीक हुन्छ भन्ने कुरा छुट्याउने बताए । सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाका अध्यक्ष टिआर खालिङ राईले सामाजिक कार्य गर्न चाहने संघ संस्थालाई नै नेपालीले सहयोग गर्ने विस्वास ब्यक्त गरे । त्यस्तै गुल्मी सम्पर्क समितिका अध्यक्ष गान्धिब सुबेदीले सामाजिक कार्य गर्ने संस्थाको कार्यक्रमलाई सफल बनाउन अनुरोध गरे ।
कार्यक्रममा एनआरएन दक्षिण कोरियाको उपाध्यक्ष शाजन शर्मा, नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष अन्जु केसी, जनजाति महासंघका निवर्तमान अध्यक्ष चित्र बहादुर मोक्तान, तामाङ संघका अध्यक्ष उईना सिं वाईवा, उमन फर उमनका अध्यक्ष पद्ममा श्रेष्ठ लगाएत संघ संस्थाको प्रतिनिधीले समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।