संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने
मिसेक लिम्बु
सउल, संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन हुने भएको छ । ‘लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं’ भन्ने नाराका साथ हुन लागेको संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघिय लिम्बुवान मञ्च नेपालको प्रवास कार्य समिति/संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेस्रो अधिवेशन आगामी सलनालको पहिलो दिन अर्थात फेब्रअरी १५ तारिक तोङदेमुनको नाङलो क्याफे हलमा हुन लागेको मञ्चका अध्यक्ष नन्द काम्बाङ ‘मिरापू’ले बताउनु भएको छ । दिनको १२ बजे सुरु हुने उक्त अधिबेशनमा आतिथ्य ग्रहणको लागि कोरिया स्थित सम्पूर्ण संघ संस्था र संगठनहरूलाई परि-पत्र पठाई सकिएको र पत्र प्राप्त नभए यसै समाचारलाई आधार मानी उपस्थित हुनको लागि सबैमा आयोजकले अनुरोध समेत गरेको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपाल, लिम्बुवान, किरात खम्बुवान, शेर्पा, तामाङ्सालिङ, नेवास्, तमुवान, मगरात, खसान, मधेश , थरूहट र शिल्पी (दलित) वा १०ं१ प्रान्त र त्यसभित्र सिमान्तकृत आदिवासीहरुको विशेष स्वायत्त क्षेत्रसहितको पूर्ण संघात्मक शासन व्यवस्था स्थापना गर्न २०६२ सालमा स्थापना भएको राजनैतिक दल हो। यो मञ्चले लिम्बुवानलाई आफ्नो आधार क्षेत्रको रुपमा विकसित गर्दै समग्र नेपालमा ऐतिहासिक पृष्ठभूमि एवं पहिचानको आधारमा संघीय आन्दोलन चर्काउदै आएको छ।
संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालले बिभिन्न २२ वटा राष्ट्रमा प्रबाश समितिहरू स्थापना गरेको छ । ति मध्ये दक्षिण कोरियामा सन् २०११ मा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रबाश समिती संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिणको स्थापना भएको हो।
मिती :- २०१८/ ०२/ १५
स्थान :- नाङलो रेष्टुरेन्टको हल, सउल
समय :- दिनको १२:०० बजे