ल्होसारलाई जातिय विभाजन गर्न गलत हो, यसकारण एउटै ल्होसार मनाउन आवश्यक छ


नेपालको राष्ट्रिय राजनैतिक परिवर्तन पश्चात् लोकतन्त्र, गणतन्त्रमा मुलुक प्रवेश गरे सँगै नेपालमा रहेका बहु जाती, भाषिक ,धार्मिक, संस्कृतिकरूपमा जो आफुलाई पिछडिएका महसुश गरे ती सबै जाति समुदायले आफ्नो बिगतमा खोसिएका हक अधिकार संबिधानमा सुनिश्चित गर्दै साँस्कृतिक रुपमा आ – आफ्नो मौलिक पहिचान र साँस्कृतिकलाई बिकाश गर्न हिमाल, पहाड, तराई, मधेशमा चौतर्फी खुलेर चाड पर्व मनाउन थालेको देखिन्छ जून सकारत्मक पक्ष हो ।

अझ रोजगारीको लागि विश्वको बिभिन्न मुलूकमा पुगेका नेपालीहरुले आ – आफ्नो भाषा, धर्म, साँस्कृतिकको संरक्षण र बिकास गर्न संघ संस्था स्थापना गरी नेपालको हरेक चाड़ पर्व समय अनुकूल मिलाएर मनाउदै आई रहेको पाइन्छ । अस्ति भर्खर गुरुङ समुदायले तमु ल्होसार मनाए भने तमाङ समुदायले मघ ४ गते सोनाम ल्होसार मनाए । आगामी फागुन ४ गते शुक्रबार, (फेब्रवरी १६) ग्याल्पो ल्होसार नजिकिदै गर्दा र बिश्वको १७ वटाभन्दा बडी देशमा स्थापना भएका शेर्पा संघ संस्था र किदूकहरुले ल्होसार मनाउने तयारी गरी रहदा सिंगो नेपाली जन समुदायको मानश्पटलमा भने यो ग्याल्बो ल्होसार चाहि शेर्पा समुदायले मनाउने शेर्पा ल्होसार हो भन्ने बुझिएको छ । तर यो सरासर गलत र भ्रम हो ।

संबोड़ा लिपीमा लेखिएका ति ईतिहासमा कहीं कतई तोला, सोनम, ग्यालबो ल्होसार जाति विशेषले बिभाजन गरी मनाउने भनेर उल्लेख गरीएको छैन पाईएन । यहाँ हाम्रो नेपाली समाजका नेतृत्व हू भन्ने र केहि सांस्कृतिकविद, भनाउदाहरुले तत्थय हिन् कुरा गरेर चाड पर्वको नाऊमा राजनैतिक गर्नलाई ल्होसारलाई जाति विशेषमा बिभाजन गरेर सामाजिक सत्भाव खलबलाई आफ्नो स्वार्थ पूर्ति गर्न खोजेको देखिन्छ । त्यसैले वर्तमान समाजका शिक्षित युवा वर्ग समुदायले ल्होसारको ईतिहास एक पटक पढ्न आवश्यक रहेको जानकारी गराउन चाहान्छु ।

केहि वर्षा देखि नेपालमा पनि विभिन्न समुदायले ल्होसार मनाउना थालेको छ । त्यसमध्ये गुरुङ, तामाङ र शेर्पा समुदायले आफ्नो जातिको नाम झुन्डाएर ल्होसारलाई जाती बिशेषको बनाएको देखिन्छ । तर यस्तो भने हुन सक्दैन । ल्होसार जुन सुकै जातिले जे सुकै मानेता पनि सम्बत चाही ग्याल्पो ल्होसारमा मात्रै फेरिन्छ अहिले सम्म २१४५ सौ सम्बत चलिरहेको छ ।

तोला र सोनाम ल्होसारलाई पर्वको रुपमा मनाउना सकिन्छ र जसले मान्दा पनि हुन्छ तर यस बेला ल्हो या सम्बत भने फेरिदैन किन भने एउटा पात्रोको आधारमा एक वर्ष भित्र एक एक महिनाको फरकमा सम्बत फेर्ने प्रक्रिया दुनियाको कुनै पनि पात्रो परम्परामा छैन । तोला र सोनाम लोसारको कुनै छुट्टै पात्रो या सम्बत पनि छैन ।

अहिले केही तामाङ समुदायहरुले केही बर्ष अगाडिदेखि बोधिसत्व महा मन्जु श्रीको जन्म दिनलाई सोनाम ल्होसारको सम्बत भनेर मानिरहेको पनि देखिन्छ । चीनको रिवो चे ङ भन्ने पर्बतमा महा मन्जू श्रीको जन्म भएर २८५४ वर्ष भयो भनेर तिब्बतको ज्योतिषी विद्वान फुग्पाले बताउनु भएको कुरा २१४५ सौ ग्याल्पो ल्होसारको पात्रो भित्र उल्लेख गरिएको छ। भने केहि तमाङ मन्जू श्रीको जन्म जयन्तिलाई सोनम ल्होसारको नाम जोडेर मनाएको देखियो ।

गत बर्ष ग्याल्पो ल्होसारको दिनलाई सोनाम ल्होसार हो भनेर ल्होसार मनाउदै गर्दा काठमाडौँको टुडिखेलमा २८५४औ सम्बत सोनाम लोसारको सम्बत हो , यो कुरा ग्रन्थमा उल्लेख छ भन्दै २१४५ सौ ग्याल्पो लोसारको ठुलो पात्रो देखाएर महा मञ्जु श्री जन्मेको तिथिलाई सोनाम ल्होसारको सम्बत भनेर सम्बोधन गरेको विडियो यु टुब भित्र हेर्न पाइन्छ । त्यसैले महा मञ्जु श्रीको जन्म दिनलाई सोनाम ल्होसारको सम्बत भन्नु कुनै तर्क प्रमाणको कुरा हैन , यो त ल्होसार प्रेमी समुदायलाई भ्रम छर्ने मात्र हो ।

ग्याल्पो ल्होसारको सम्बत २१४५ लाई राजाको जन्म जयन्ती मनाएको हो भनेर लेखेकोहरु पनि पाइयो तर त्यो गलत कुरा हो । ईसा पूर्व १२७ बर्ष पहिले भोट बर्मेली भूभाग हालको तिब्बतमा पहिलो राजा ङ्यठी चेन्पोको पालादेखि ल्होसार मनाउना सुरु गरेको र यसैलाई पछि आएर ग्याल्पो ल्होसार भनियो र तिब्बतमा बुद्ध धर्मको बिकाश भैसके पश्चात सबै तिथि मितिहरू यसै सम्बतलाई आधार मानेर पात्रोको बिकाश गराइयो र अहिले सम्म पनि त्यहि पात्रो परम्परा अनुसार वर्ष ल्हो फेर्ने प्रक्रियालाई मान्दै आइरहेको छ । भगवान बुद्धको चार ओटा महा तिथि मध्ये छ्योठूल धुई छेन अर्थात ऋद्धि प्रतिहार्य दिबस पनि ग्याल्पो ल्होसारको बेला पर्दछ ।

चन्द्र, सुर्य, नछेत्र र ग्रहहरु कुनै जातीको आधारमा घुम्दैन त्यसरीनै ल्हो या सम्बत पनि कुनै जाती बिशेषको आधारमा फ़ेरिदैन , महायानी बौद्ध धर्माबलम्बी हरुको चन्द्र पात्रोलाई नै स्वीकार गर्दै ल्होसार मान्ने सबै समुदायहरुले रास्ट्रिय र सामाजिक एकता कायम गरी सभ्य समाज निर्माण गर्दै देशलाई बिकास र समृद्धि बनाउनको निम्ती बहस र छलफलको माध्यमबाट आधिकारिक एउटा ल्होसार बनाएर मनाउन आवश्यक रहेको छ ।

ल्होसार सम्बन्धी रहेको भ्रम चिर्दै ग्याल्बो ल्होसार राष्ट्रीय पर्वको रुपमा सबै नेपालीले मिलेर मनाउने वातावरण शृजना गर्न विश्वभरी स्थापना भएका शेर्पा संघ संस्था र किदूकहरुले ग्याल्बो ल्होसारको महत्व र विशेषता वारे अन्य समुदायलाई पनि बुझाउन आवश्यक छ ।

ऐतिहासिक विराशत बोकेका महान पर्व ल्होसार वारे बहस र छलफल गरी हामी सबै नेपालीले मिलेर एउटै ल्होसार मनाउने वातावरण बनाऊ भन्दै र यो साँस्कृतिको नाऊमा बढ्दो बिकृती, बिसंगति र भ्रमलाई चिर्दै सु-साँस्कृतिको बिकास गर्न आवश्यक छ । ल्होसार कुनै जाती विषेको होइन हामी सबै नेपाली जातीको पर्व हो त्यसैले आगामी दिनहरुमा यस राष्ट्रीय महान पर्व ग्याल्बो ल्होसारलाई सब्भ भब्य सफल बनाउन एक पटक इतिहास यहाँहरु माझा अध्यान गर्न अनुरोध गर्द छु । रास्ट्रिय एकता र सामाजिक एकता कायम गरी सभ्य र समृद्धि समाज निर्माण गर्न चाहाने ल्होसार प्रेमी समुदायले बहस र छलफलको माध्यमबाट एउटा आधिकारिक ल्होसार बनाएर मनाउन आवश्यक छ ।

( लेखक शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष हुन् )

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • विविध कार्यक्रम सहित कोरियामा वृहत दशैँ महोत्सव सम्पन्न
  • प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको नयाँ नेतृत्वमा अन्जन कुलुङ राई
  • अक्टोबर १३ तारिख दक्षिण कोरियामा वृहत दशैँ महोत्सव हुने
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...