मेरो पहिलो भ्यालेनटाईन प्रेमपत्र
हृदयस्पर्शी मित्र,
असिमित यादहरुको साथमा युगौँयुग सम्मको सम्झना अनि अपार मायाँको सौगातहरु !!
खै कसरि सुरुवात गरुँ अनि कहाँ लगेर अन्त्य गरुँ । यो मनभरी उब्जिएका भावहरुलाई वटुली कपी र कलमको साहारामा एउटा सानो पत्रको नमुना स्वरुप तिमीसामु पोख्न चाहिरहेको छु ।
हुनत, मलाई राम्रोसँग थाहा छ, कुनै पनि ब्यक्तिको जीवन चरित्रका वारेमा खुलेआम लेख्ने र भन्ने अधिकार कसैलाई पनि छैन् । कैयन किसिमका जटिल, भयनाक अनि डरलाग्दा परिस्थितीहरु जन्माउन सक्छ । सृजना गरीदिन सक्छ । तरपनि, म विवश छु । साँच्चिकै विवश ।।। जुन दिनवाट मेरो नयनकोे रेटिनामा तिम्रो स्वरुपको चित्रण भयो । जुन दिनवाट तिम्रो मुहारलाई म कोण कोणवाट नियाल्न भ्याएँ । त्यहि दिनवाट यस्तो भैदियो कि …..।
मेरो नयनले जहाँ–जहाँ देख्न भ्याउँछ , त्यहीँ–त्यहीँ तिम्रो तस्बिर रक्तिम वनेर वस्न थाल्दछ । मेरो हृदयमा कहिल्यै नहट्ने गरि खिचिएको एउटा तस्विर छ तिम्रो स्वरुपको । आँखा बन्द गरेपनि तिमीलाई नै देख्छु र आँखा खोल्दापनि तिमीलाई नै देख्छु । मेरो मनस्पटलमा चलचित्रको दृश्यसरी अंकित छ तिम्रो मुहार । मेरो मन मनमा बसिसकेकी छ्यौ तिमी । कतै तिम्रो सुमधुर आवाज सुन्ने वित्तिकै त्यहिँ एउटा सुनौलो रंगमञ्च गुञ्जेसरी हुन्छ ।
साँच्चै तिमीलाई भेटेको अनि देखेको क्षण, समय, अनि त्यहि दिनदेखि नै मेरो मनले सँधै तिमीलाई नै मागिरहेको छ । यत्ति छोटो समय मै थाहा छ, मलाई तिमी कत्ति नजिक लाग्छ । एकअर्काको बारेमा पुरै बुझेको जानेको नहुँदा पनि बचपनदेखिको साथी झैँ क्लोज लाग्छ तिमी । हुनत शुरुमा नै सवैले सवैलाई चिनेको, जानेको र वुझको त कहाँ हुन्छ र ? हरेक व्यक्तिसँग हरेकको परिभाषा वुझ्न र जान्नलाई त एकचोटी अवसर दिएर हेर्नुपर्दो रहेछ । मौका दिएर हेर्नुपर्दो रहेछ ।
साँच्चै, तिमी पनि मलाई एकपटक मौका दिएर न हेर । कत्ति कञ्चन छ, कत्ति अकृतिम अनि रक्तिम छ । यो मायाँ नै मायाँको भावसागरभित्र पौडिएको मेरो मन ।
तिमीलाई पत्रमार्फत यी कुराहरु भन्न अधिकारयोग्य छु वा छैन् थाहा छैन् । रपनि म यो अपेक्षा गर्दछु कि आजसम्म नपाएको अधिकार तिमी मलाई दिनेछ्यौ । तिम्रो मनको अदालतले मलाई तिम्रो आफ्नै भन्ने छ ।। यो प्रेमअग्निमा निर्धोम रुपमा छट्पटाईरहेको लासलाई तिमी प्राण दिनेछ्यौ ।। वसन्तमा ब्युट्यान पलाउन थालेको विरुवालाई सुन्दर फूल फुलाउनमा सहयोग गर्नेछ्यौ । भर्खर उर्वर माटोमा अंकुराउन लागेको विऊलाई फल फलाउनमा साथ दिनेछ्यौ ।। यो सुरुवाती एक शब्दलाई महाभारतको रुप दिनेछ्यौ ।। मायाँको भिख माग्दै तिम्रै घरको मुल ढोकामा उभिरहेको मलाई कमण्डलु भरी मायाँले भरिदिनेछ्यौ ।
यदि तिम्रो मनको अदालतले तिमीलाई मेरो भन्ने अधिकार दियो भने म राम्रो छु राम्रो गर्न सक्छु त्यो त भन्न सक्दिन तर राम्रो गर्ने प्रयास गर्नेछु । तिम्रो बितेको अतितलाई फिर्ता लिन नसकेपनि तिम्रो वर्तमान र भविष्यलाई सुरक्षाको ग्यारेन्टी म दिनेछु । लाईफको हरेक मोडहरुमा हरेक क्षणैपिच्छे आईराख्ने Challenges हरुलाई मिलेर सँगै face गर्न सकोस । मनमा उत्पन्न हुने हरेक सकारात्मक अनि नकारात्मक कुराहरुलाई एकअकाँसँग खुलेर वाँड्न सकोस् । जिन्दगीभरी आईरहने हरेक सुख अनि दःुखका तितामिठा पलहरुमा तिमी सँगै हाँसी–हाँसी जिउन सकोस त्यो चाहन्छु ।
यो मेरो तिम्रो लागि लेखिएको पहिलो पत्र भएकै कारण धेरै कुराहरु ब्यक्त गर्न चाहिन् । अरु धेरै कुरा पछि गर्दै गरौँला । मेरो life को जुनसुकै र जस्तोसुकै situation मा पनि तिम्रो साथ पाउने आशा राख्दछु । मेरो मनको गमलामा फक्रिन लागेको फूललाई तिम्रो कोमल हातले हालिदिएको पानि पर्खिरहेकोछु ।
उहि तिमीलाई धेरै मायाँ गर्ने एईडेन ।
मेरो नियमित अपडेटको लागि मेरो ‘एईडेन छन्त्याल’ युट्युब च्यानल सब्सक्राईब गर्न नभुल्नुहोला ।
प्रेमपत्र यहाँ सुन्न र हेर्न सक्नुहुनेछ ।