कोरियामा फेरी एक नेपालीको क्रेनमा चेपिएर निधन
पछिल्लो समय कोरियामा औधोगिक दुर्घना हुनेक्रम बढ्दो छ । यसैक्रममा हिजो शुक्रबार विहानै कोरियाको बुसानको यांसान स्थित एक फलाम कम्पनीमा कार्यरत काठमाण्डौ गोकर्ण निवासी ४० वर्षिय कृष्ण केसीको औधोगिक दुर्घटनामा परी निधन भएको छ ।
कम्पनीमा विहान काम सुरु गरेकै बेला क्रेनमा चेपिएर घटना स्थलमै निधन भएको ख्यागंसाइ० नाम्दो क्षेत्रका एचआरडी कर्मचारी स्नेह तामाइ०ले बताइन । तीन वर्ष अघि इपिएस मार्फत काम गर्न आएका मृतक केसी शुरुदेखि नै सोही कम्पनीमा काम गर्दै आएका थिए । करिब डेड सय जति कर्मचारी रहेको सो कम्पनीमा १६ जना नेपाली कामदार रहेका छन् ।
अर्को दिशामा काम गरिरहेको केसी बारे थाहा नपाएका कोरियन कर्मचारीले क्रेन चलाउदा मृतक केसी अचानक चेपिन पुगेको घटना स्थलमा अध्यन गर्दा थाहा भएको लामाले बताए । अर्कैको गल्तीका कारण केसीको निधन भएको प्रत्यक्षदर्शीले प्रहरीलाई बयान दिएकोले नेपालबाट परिवार आइ क्षतिपुर्तिको माग गर्न सकिने लामाले थपिन ।
घटना बारे नेपाल राजदूताबासलाई जानकारी गराइसकेको लामाले बताइन । केसीको शब हाल नजिकैको अस्पतालमा राखिएको छ । केसी २०१० मा इपिएस मार्फत काम गर्न कोरिया आएपनि एक वर्ष बसेपछि नेपाल फर्केका थिए ।