रेसुंगा सांस्कृतिक झलकको सम्पूर्ण तयारि पुरा , कलाकार यहि १५ तारिख सम्म कोरिया आइपुग्ने
कोरियामा आउदो सलनालको लागि सर्वाधिक चर्चामा रहेको रेसुंगा सांस्कृतिक झलक भाग ३ को सम्पूर्ण तयारि पुरा भएको छ । आयोजक कमिटि गुल्मी सम्पर्क समोतिले जनाए अनुसार कार्यक्रमको तयारि पुरा भै यहि १५ तारिख सम्म सम्पूर्ण कलाकारहरु कोरिया आइपुग्ने छन । कार्यक्रममा तय भएका कलाकार हरु सुगम पोख्रेल तथा केंजल मेहर श्रेष्ठ भने १४ तारिख नै कोरिया आइपुग्ने छन् ।
कोरियामा रहेका विभिन्न ब्याबसायिक कम्पनिहरु र नेपाली संघ संस्थाकाे बिसेष सपोर्टमा गर्न लागिएको उक्त कार्यक्रममा सन् २०१७ मा बिसेष चर्चा बटुलेका कलाकारहरु कोरिया ल्याउने तयारीमा रहेको आयोजकले जनाएको छ ।
दर्शकको सुविधालाई ध्यानमा राखी दोंग्देमूनको गेट नम्बर २ र ३ बाट कार्यक्रम स्थल सम्म पुग्नको लागि बसको ब्याबस्था पनि गरिएको छ भने कार्यक्रम लाइ थप मर्यादित बनाउन करिब २ सयको हाराहारीमा स्वयंसेवक समेतको ब्याबस्था गरिएको कुरा अायाेजकले जनाएकाेछ।
कार्यक्रमलाइ हानापास रेमिट्यान्स,जीएमआइ रेमिट्यान्स,दर्शन नमस्ते रेस्टुरेन्ट दोंग्देमुन, निक नेपाल ट्राभल्स दोंग्देमुन, हेप्पी कुक रेस्टुरेन्ट सुयु , कुमारी भान्छा घर दोंग्देमून, माया मार्ट दोंग्देमून माछापुछ्रे बैंक ,फोरिन स्टोर तथा पूर्णिमा रेस्टुरेन्ट सुवनले बिसेष सौजन्य गरेका छन् भने हाल सम्म २ सय ४० जनाको हाराहारीमा सहयोगी दाताको नामावाली गुल्मी सम्पर्क समितिको फेसबुक पेज बाट प्रकाशित गरिएको बताएको छ ।
कार्यक्रमको लागि नेपालबाट बिसेष चर्चामा सहेका कालाकार हरु पप गायक सुगम पोख्रेल ,नेपाल आइडलको टप टेन भित्र पर्न सफल रक स्टाइल गायिका केन्जल मेहर श्रेष्ठ ,वाओ नेपाल (wow nepal )युट्यूब च्यानलकी हट प्रस्तोता तथा डान्सार सोनीका रोकाया , हास्य कलाकार विल्सन बिक्रम राइ (तक्मे बुढा ) ,लोक दोहोरि गायक खुमन अधिकारि ,लोक दोहोरि गायिका रुपा घर्तिमगर त्यस्तै लोकगीत क्षेत्रमा निकै पुरानो र सदाबार मानिने गायककार बम बहादुर कार्की समेत कोरिया आउने बताइएको छ । त्यस्तै स्थानीय तथा नेपाल मगरसंघ दक्षिण कोरियाका कलाकार हरुको बिसेष प्रस्तुति समेत रहने छ ।
कार्यक्रम बारे आधिकारिक रुपमा जानकारी दिनको लागि समितिले गत महिना नेपाल हाउसमा पत्रकार सम्मेलन समेत गरेको थियो । उक्त कार्यक्रममा कोरियामा रहेका दर्जनौं संघ संस्थाका प्रतिनिधि , बुद्दिजीवी तथा पत्रकार हरुको उपश्थिति थियो ।