राइज फर नेपाल कन्सर्टकाे कलाकार काेरिया अाइपुगे।
कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ तारिख ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमका कलाकारहरू मध्य बिपुल क्षेत्रीकाेकाे सबै टिम र मोडल तथा डान्सर रिना थापा बुधबार कोरिया अाइपुगेका छन्।
कोरियाली नयाँ बर्ष सलनालको उपलक्ष्यमा कोरियामा रहेर कोरिया तथा नेपालमा सामाजिक कार्यहरु गर्दै आइरहेको सामाजिक अभियन्ताहरुको समूह “बुद्ध ईन्टरटेन्मेनट”ले २०१८ फेब्रुअरी १६ मा ख्वाङ्नारु स्टेशननको YES 24 लाईभ हलमा आयोजना गर्न लागेको बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्डको बिशेष प्रस्तुति रहने “राइज फर नेपाल लाइभ कन्सर्ट २०१८” कार्यक्रमका कलाकारहरू मध्य बिपुल क्षेत्रीकाेकाे सबै टिम र मोडल तथा डान्सर रिना थापा बुधबार कोरिया अाइपुगेका छन्। गायीका तृसना गुरूङ भने १६ तारिख बिहानै अाउने र अली ब्रदर्शकाे ग्रुप भने बिशेष कारणबस नअाउने प्रचारप्रसार बिभाग प्रमुख भरत शर्माले बताए।
कलाकारहरूलाइ स्वागत गर्नकाे लागी अायाेजकका पदाधिकारीहरू कार्यक्रम संयाेजक दिपेन्द्र श्रेष्ठ,प्रचारप्रसार बिभाग प्रमुख भरत शर्मा,कार्यक्रम म्यानेजर शन्ताेष कुमार रार्इ,बुद्ध ईन्टरटेन्मेनटका उपाध्यक्ष सन्जाेक चाैहान,कार्यक्रम उपसंयाेजक शन्ताेष सिक्देल,यातायात ब्यबस्थापक रिजन खड्का र मुकेश रार्इ र क्यामरा म्यान रमेशजंग थापा लगाएतका पदाधिकारी इन्छन अन्तराष्ट्रिय बिमानस्थलमा पुगेका थिए।
मनोरञ्जन सहितको समाजसेवा मुख्य उदेश्य रहेको यो कन्सर्ट कोरियामा रहेका बिपुल क्षेत्रीका फ्यानहरु लगायत सम्पूर्ण संगीतका पारखी हरुलाई भरपुर सुरक्षा सहित मनोरञ्जन दिने उदेश्यले गर्न लागिएको राइज फर नेपाल कन्सर्टमा बिपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड,गायीका तृसना गुरूङ ,मोडल तथा डान्सर रिना थापाका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ।
कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी कार्यक्रम ब्यवस्थापक सन्ताेष कुमार राइले दिएकाछन्।
अन्तर्राष्ट्रिय स्तरको सम्पूर्ण सुबिधासहितको कार्यक्रम हल, क्रियटिभ-को अपरेटिभको तर्फबाट पुर्ण र सुरक्षित सेक्युरिटी प्रदान हुने यो कन्सर्ट कोरियाको इतिहासमै संभवत पहिलोपटक आधिकारिक मान्यताप्राप्त कार्यक्रम हुने अायाेजकले जानकारि गराएको छ।सम्पुर्ण कोरियाबासी नेपाली समुदायहरुलाई फेब्रुअरी १६ तारिखको दिन हुने उक्त कन्सर्टमा आफ्नो उपस्थिति जनाएर मनोरञ्जन सहितको समाजसेवामा पनि सहभागीता जनाइदिनुहुन अायाेजकले विनम्र अनुरोध गरेको छ।