झोर्ले सांगितीक सौगातका कलाकारहरू काेरिया अाइपुगे।कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा।
नेपाल मगर संघ किम्हे बुसान शाखाले सलनालको पहिलो दिन अर्थात फेब्रुवरी १५ तारिक किम्हेमा आयोजना गर्न लागेको झोर्ले सांगितीक सौगात भाग १ का लागि सम्पर्ण कलाकारहरू काेरिया अाइपुगेका छन्।
Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती र आरूषी मगर बुधबार बिहानै इन्छन बिमानस्थलमा अवतरण गरेका हुन्। कार्यक्रम स्थल किम्हेमा भएकाेले किम्पाे बिमानस्थल बाट किम्हे बुसानकाे गाली हवाइ जहाजबाट जादैछन् । किम्हे बुसान एअरपाेर्टमा बुधबार नै ३ बजेर १५ मिनेटमा अवतरण हुने कार्यक्रम रहेकाे छ।
कार्यक्रमकाे सम्पुर्ण तयारी पुरा भएकाे जानकारी नेपाल मगर संघ किम्हे बुसान शाखाका अध्यक्ष भिसन पुर्जा मगरले बताएका छन्।
कार्यक्रममा जानका लागी काेरियाकाे बिभिन्न शहरहरू गजेदो,थेगु,मिर्याङ,छिर्वन र मासानबाट बसको व्यबस्था गरिएकाे अायाेजकले बताएकाेछ।
Prisoner’S Assistance Nepal (बन्दी सहायता नेपाल) को सहयोगार्थ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालका चर्चित कलाकारहरू सुगम पोख्रेल,सम्झना लामिछाने,केञ्जल मेहर श्रेष्ठ,दिनेश काफ्ले,बबिना किराती,आरूषी मगर लगायत अन्य स्थानीय कलाकारहरूको दमदार प्रश्तुती रहने छ।
कार्यक्रम बारे जानकारी स्थान:-किम्हे मुन्ह्वा छेयूग्वान (किम्हे) मिती:-फेब्रुवरी १५ समय:-१२ बजे
आयोजकको सम्पर्क नम्बरहरू भिसन पुर्जा 01059534660 राजकुमार आले 01066012906 युध्द सलामी 01072671151 धन सलामी 01073245516