लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाको तेश्रो अधिबेशन सम्पन्न


मिराप लिम्बु
सउल, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको प्रबाश समिती संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाले ” लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौ ” भन्ने नाराका साथ तेश्रो अधिबेशन भब्यताका साथ सम्पन्न गरेको छ ।

सलनालको पहिलो दिन अर्थात फेब्रुअरी १५ तारिकमा कोरियामा स्थापना भएका बिभिन्न संघ संस्था तथा राजनैतिक संगठनका प्रमुखहरूको उपस्थितिमा रमेश लक्समको अध्यक्षतामा १३ सदस्यिय कार्य समिती चयन गरेको छ ।

अधिबेशनमा अर्थ सचिब नरेन्द्र योङहाङले अार्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । राजनैतिक र संगठानिक प्रतिबेदन प्रस्तुत मञ्चका अध्यक्ष नन्द काम्बाङ्ग “मिराक” ले गर्दै नेतृत्व पङ्तिले अात्मसमिक्षा गर्दै कार्यकर्ताहरूको भावना बुझेर स्पष्ट नितीका साथ अघि बढ्नु पर्ने बताउनु भयो ।

संघिय लिम्बुवान सामाजिक मञ्च दक्षिण कोरियाले , लिम्बुवान, किरात खम्बुवान, शेर्पा, तामाङ्सालिङ, नेवा:, तमुवान, मगरात, खसान, मधेश , थरूहट र शिल्पी (दलित) वा १०+१ प्रान्त र त्यसभित्र सिमान्तकृत आदिवासीहरुको विशेष स्वायत्त क्षेत्रसहितको पूर्ण संघात्मक शासन व्यवस्था स्थापना गर्न अाफूहरू सधै लागि पर्ने दृढ संकल्प गर्दै निम्न कार्यसमिती चयन गरेको छ ।

अध्यक्ष :- रमेश लक्सम

ब.उपाध्यक्ष – सानु माबाे

उपाध्यक्ष – मञ्जु लावति

महा-सचिब – रमेश लावति

सचिब- सपना सेलिङ्ग

कोषाध्यक्ष- नरेन्द्र याेङ्गहाङ्ग

सह – कोषाध्यक्ष – टंकेश लिम्बु

सदस्य हरु :-

दिपेन माखिम

डम्बर नेम्बाङ्ग

टुकेन लिम्दम

मेक्शि तामाङ्ग

शिशिर नेम्बाङ्ग

दिपेन तुम्खेवा

सल्लाकारहरू :-

नन्द काम्बाङ “मिराप”

अग्नि पन्दाक” मिराक”

डिक राई

बिर ब. साँवा

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...