गायक बाबु मोक्तानको बिधाता बिमोचन
दक्षिण कोरियामा रहेर आफ्नो गायनलाई अघि बढाइ रहेका गायक बाबु मोक्तानको पहिलो एल्बम बिधाता बिहीबार बिमोचन भएको छ ।
नेपाल तामाङ संघ दक्षिण कोरियाले आयोजना गरेको ल्होछार कार्यक्रममा सो एल्बम बिमोचन भएको हो । एल्बमलाई नेपाली राजदुतावास दक्षिण कोरियाका श्रम सहचारी डिल्ली राम बास्तोला, बिशेष अतिथिमा नागार्जुन गुम्बा कोरियाका प्रमुख उर्गेन लामा, नेपाल गुम्बा सउलका कुन्साङ दोर्जे लामाका साथमा अन्य अतिथीहरुले एल्बम बिमोचन गरेका थिए ।
कार्यक्रममा बोल्दै गायक मोक्तानले एल्बममा स्रोताहरुलाई मन पर्ने खालका गीतहरु समाबेश भएको जनकारी गराए । ‘गीत सुन्नु भयो भने सबैलाई मन पर्ने खालका छन् । सुनेर माया गर्नु हुन्छ भन्ने लागेको छ ।’ उनले भने ।
बिधातामा जोमसोम बजार, मीठो बात, परदेशी दाजु, यस्तो कदम र सम्बन्ध कस्तो कस्तो गरि पाँच गीत छन् । म्युजिक हाईलाइटले बजारमा ल्याएको एल्बमको जोमसोम बजार भन्ने गीतको म्युजिक भिडियो पनि बनि सकेको छ । कार्यक्रममा बिक्रि भएको एल्बम झन्डै दुई लाख वन मोक्तानले तामाङ संघ दक्षिण कोरिया मार्फत नेपालको कुनै गाउँका बिपन्न बिद्यार्थीलाई प्रदान गरिने जनाएको छ ।