एकल कन्सर्टमा बबिनाको धमाका

सौल,
दक्षिण कोरियाको राजधानी सौलमा बबिना किरातीको धमाकेदार प्रस्तुतीले सयौं दर्सकहरुलाई घन्टौसम्म झुमाउँदै “बबिना किराँती एकल संगित साँझ” सम्पन्न भएको छ।
दुबै मृगौलापिडित अर्कि गायिका जलजला परियारको सहयोगार्थ नेपाली साहित्य समाज दक्षिण कोरियाद्वारा आयोजित यस कार्यक्रममा गायिका बबिना किरातीले भर्खरै बजारमा आएको उनको सोलो गीती एल्बम “मर्निङ” बाट सात गीतका अतिरिक्त अन्य केहि गीतहरुसहित करिब चार घन्टा दर्शकहरुलाई आफूसितै झम्झम नचाएकी थिईन्। “माथिमाथी हिमाली भेगमा…”गीतले दर्शक यसरी झुमेकी आयोजकलाई दर्शक कन्ट्रोल गर्नै हम्मे हम्मे परेको थियो, डिआर अटुको शब्द एवं संगित रहेको यो गीतको भिडियो सहित भर्खरै बिन्द्याबासिनी म्यूजिककको अफिसियल यूट्यूब च्यानलबाट सार्वजानिक भएको छ।
त्यसैगरी क्रमस “बिन्दास” “मुटुभित्र…””साईला” “भुरभुर” सुन्य भा छ” बोलको एल्बममा समाबिस्ट गीतहरु गाउँदा पनि दर्शकहरुको चाप र साथ उत्तिकै भव्य रहेको थियो।यस कार्यक्रममा नेसास अध्यक्ष यल्जी विवशको सभापतित्व, नेपाली सम्पर्क समितकि अध्यक्ष अन्जु के सि को प्रमुख आतिथ्यता र नेपालबाट आउनु भएका बरिस्ठ कवि, कथाकार उपेन्द्र सुब्बाको विशेष आतिथ्यता रहेको थियो।विष्णु वाग्ले संयोजक रहेको उक्त कार्यक्रमको संचालन संजय घिमिरे र उत्तम खजुमद्वारा गरिएको थियो भने इतर आवाज साहित्य समाजका अध्यक्ष पराजित पोमु,अनेसासका अध्यक्ष प्रमोद सारंग तथा भिडियो निर्देशक एवं गायक रमेश संग्रौलाको पनि अतिथिको रुपमा उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपालबाट आउनु भएका कवि उपेन्द्र सुव्वालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने प्रवासमा रहेर नेपाली कला र संगीतको क्षेत्रमा योगदान पुर्याइरहनुभएका गायक संगितकार रमेश संग्रौलालाई सम्मान पत्र साथै दोसल्ला ओढाएर सम्मानित गरियो।
यसै क्रममा कार्यक्रमकी प्रमुख आकर्षण गायिका बबिना किराँतीलाई “नेसास नव प्रतिभा सम्मान-२०१८”द्वारा सम्मानित गरिएको थियो भने “मर्निङ द बिगिनिङ” एल्बमका सोलो कम्पोजर चर्चित संगितकार डि आर अटूलाई दोसल्ला ओढाएर “स्मरण-पत्र”सहित सम्मानित गरिएको थियो। नेसास कोरियाको दोस्रो सांगीतिक सौगात बबिना किराँतीको एकल एल्बम “मर्निङ”मा सम्बद्ध संगीतकार एवं गीतकारहरु क्रमस डि आर अटु, सुरेन्द्र कार्की,यल्जी विवश,धरती कल्पना,गणेश पौड्यल,छबिशित कुलुङ तथा मिलन किरातीलाई गायिका बबिना किराँतीलेद्वारा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा कवि उपेन्द्र सुब्बा तथा प्रमुख अतिथी अन्जु के सी, र अतिथिहरु प्रमोद सारंग, पराजीत पोमू,रमेश संग्रौला आदिले शुभकामना मन्तव्य दिएका थिए भने नेसास अध्यक्ष यल्जी विवशले कार्यक्रम भव्य बनाउन सहयोग गर्ने सम्पूर्ण तह तप्का एवं व्याक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्दै मनोरन्जनको लागी मात्रै नभएर सामाजिक दायित्वको निम्ती पनि नेसास अघि बढिरहेको जानकारी दिए। कार्यक्रमबाट संकलित रकम दुबै मृगौला फेल गायिका जलजला परियारको उपचारार्थ पठाइने नेसास कोषाध्यक्ष शकुन आँसुले जानकारी दिइन्।