लाओती सयङ दक्षिण कोरिया गठन


रोजगारीको सिलशिलामा कोरियामा रहेका लाओतीहरुको एक भेलाले पापोहाङ लाओती सयङ दक्षिण कोरिया गठन गरेको छ । गत फागुन चार गते कोरियाको राजधानी सउल स्थित नाङ्लो रेष्टुरेन्टको सभाहलमा आयोजित भेलाले सयङ गठन गरेको हो। उक्त भेलामा सयङ गठनको औचित्यबारे बोल्दै सयङका संरक्षक हुकुम लाओतीले पारिवारिक सद्भाव, मेलमिलाप र परदेशमा लाओती बन्धुहरु माथि आईपर्न सक्ने बिबिध समस्याहरुको समाधान गर्नको लागि सयङ गठन गरिएको बताउनु भयो।

उक्त भेलाले सर्वसम्मतबाट अध्यक्षमा रमेश लाओती,उपाध्यक्ष द्वय मन्जु लाओती,राम कुमार लाओती, सचिव ईन्द्रजीत लाओती, सह सचिव जेनिस लावती, कोषाध्यक्ष केहेरमान लाओती, सह कोषाध्यक्ष हेमकला खापुङ लाओती र आठ जना सक्रिय सदस्य सहित पन्ध्र जनाको कार्य समिति गठन गरेको छ। सभामा बोल्दै नव निर्वाचित अध्यक्ष रमेश लाओतीले विश्वमा छरिएर रहेका लाओतीहरुमा पारिवारीक एकता र सहकार्यका साथै भाषा,संस्कृति र परम्पराको संरक्षण र संबर्धन गर्दै कोरियामा आकस्मिक भैपरि आउने आपत विपत र समस्याहरुको समाधानमा सहयोग पुर्याउने लाओती सयङ कोरियाको मूख्य उद्देश्य रहेको बताउनु भयो। साथै उहाँले सयङ एउटा विशुद्द पारिवारिक संगठन भएकोले यसमा कुनै पनि जातिय,धार्मिक र राजनितीक गन्ध आउन नहुने र त्यस्तो नजरले नहेरी दिन पनि अनुरोध गर्नु भयो। भेला पश्चात रमेश लाओतीको अध्यक्षतामा बसेको प्रथम बैठकले कोरियामा रहेका बाँकी सम्पूर्ण लाओती बन्धुहरु स्वत साधारण सदस्य रहने र प्रत्येक सदस्यहरुबाट मासिक रुपमा लेभि उठाउने निर्णय गरेको छ।

लेभि बापत संकलन भएको रकम कोरियामा रहेर रोजगारी गरिरहेका लाओतीहरु कुनै दुर्घटनामा परेमा,बिरामी वा अन्य कुनै समस्यामा परेमा उनीहरुलाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ। सो बैठकले राम लाओती, हुकुम लाओतीलाई सयङको संरक्षक साथै बिष्णु लाओती,पूर्ण बहादुर लाओती र डिल्ली लाओतीलाई सयङको सल्लाहकारमा मनोनित गरेको छ।

उक्त कार्यक्रम किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाका अध्यक्ष सुन्दरदीप आङ्देम्बेको प्रमूख आतिथ्य तथा राम लाओतीको संयोजकत्वमा सम्पन्न भएको थियो। कार्यक्रममा कियाचु कोरियाका बरिष्ठ उपाध्यक्ष अग्नि पन्धाक, संचारकर्मी डम्बर सुब्बा र कोरियामा रहेका करिब एक सय जना लाओतीहरुको उपस्थिती रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ बुसान शाखाको अधिवेशन सम्पन्न, अध्यक्षमा प्रताप इधिङ्गो
  • सउलमा द एज ब्यान्डसँग झुमे दर्शक
  • कोरियाको छुसकमा फोनमनीको उपहार नै उपहार
  • तुम्बापो समाज सेवा संघ दक्षिण कोरियाको चौथो अधिवेशन सेप्टेम्बर १६ मा हुने
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...