Advertisement
SKIP THIS

एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न।अायाेजकद्वारा धन्यबाद ज्ञापन।


कोरियाको नयाँ वर्ष  सलनालको अवसर पारेर दक्षिण कोरियामा साेलु सम्पर्क समितिले अायाेजना गरेकाे  एभरेष्ट म्युजिकल लाइभ कन्सर्ट ३ भब्य रूपमा सम्पन्न् भएकाेछ।

बिश्वको सर्वोच्च शिर सगरमाथा नेपालीको शान, सन्जिवनी एम्बुलेन्स सहयोगार्थ हाम्रो अभियान भन्ने नाराका साथ हिमाली जिल्ला सोलुखुम्बुको फाप्लु अस्पताललाई एम्बुलेन्स उपलब्ध गराउने उद्देश्यले सोलुखुम्बु सेवा समाज दक्षिण कोरियाले आयोजना गरेकाे कार्यक्रममा नेपाल ललितकला मञ्च सह आयोजक रहेको थियाे।  फेब्रअरी १५ तारिखका दिन सौलकाे जाेङनाे अाे गा स्थित फेक जु न्यन गिन्यम ग्वानकाे हलमा  कार्यक्रम भब्य रूपमा सम्पन्न भएकाे हाे।

राष्ट्रिय कलाकारहरू, शिव परियार, मेलिना राई, मिलन लामा, राज सिग्देल, सन्दीप क्षेत्री लगाएत  स्थानीय कलाकारहरूले उपस्थित दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। मेलिना राईको कम्मर माथी पटुकी, कुटुमा कुटु,अरु आधा दर्जन गितहरु गाएकी थिईन। शिव परियारकाे पिउदिन भन्दै पिलायो साथीले, अल्लारे जस्ता गीतले उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन गराएका थिए भने मिलन लामाको, माझी दाइ पोखरा फेवातालको गीतले दर्शकहरुलाई नचाएका थिए ।

नेपालका चर्चित हास्याकलाकार सन्दिप क्षेत्रीले उपस्थित दर्शकलाई पेट मिचिमिची हस्याएका थिए ।राज सिक्देलले, उ जितेर गई या हारेर गई, बोलको गित गाएर दर्शक दीर्घ लाई भाबुक बनाएका थिए।साथै स्थानीय कलाकार हरुले पनि नृत्य र गित गाएर दर्शक हरुलाई मनोरञ्जन गराए

साेलु सम्पर्क समिति काेरियाका अध्यक्ष टि अार खालिङकाे सभापतित्वमा नेपाली दुताबास दक्षिण काेरियाका श्रम काउन्सेलर डिल्लिराम बास्ताेला प्रमुख अतिथि रहेका  थिए। बिशेष अतिथिमा काेरियामा  क्रियाशिल बिभिन्न  संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू थिए।

कार्यक्रमलार्इ प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयाेग गर्ने  बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरू,राष्ट्रिय स्थानिय कलाकारहरू,सपाेर्टर मेडिया पार्टनरहरू, स्पाेन्सरहरू लगाएत दिनरात खटिनु हुने अायाेजकका सम्पुर्ण पदाधिकारी सदस्य शुभचिन्तकहरू सबैलार्इ कार्यक्रम संयाेजक दावा तामाङ तथा संस्थाका अध्यक्ष खालिङले बिशेष धन्यबाद प्रदान गरेका छन्।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको पाँचौँ अधिवेशन अप्रिल ६ मा
  • नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई  ज्ञापन पत्र बुझायो
  • दक्षिण कोरियामा सोनाम ल्होछार, तयारी पुरा
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...