नेपाली सम्पर्क समिति काेरियाले बुसानमा महिला सेल्टर स्थापनार्थ २० लाख वन सहयाेग गर्याे।
नेपाली सम्पर्क समिति काेरिया केन्द्रले नेपाली सम्पर्क समिति बुसान शाखा द्वारा बुसानमा स्थापना गर्ने महिला सेल्टरका लागि २० लाख वन सहयाेग प्रदान गरेकाेछ।
नेपाली सम्पर्क समिति बुसान शाखाले त्यस क्षेत्रका महिला दिदी बहिनीलाइ लक्षित गरी महिला सेल्टर स्थापना गर्न लागिएकाे जानकारी नेपाली सम्पर्क समिति काेरिया केन्द्रका अध्यक्ष अन्जु केसीले बताइन। केन्द्रले गत डिसेम्बर १७ तारिख शाखालाइ २० लाख वन प्रदान गरि सकेकाे छ।केहि समयमा नै शाखाले महिला सेल्टरकाे स्थापना, ब्यवस्थापन र संचालन गर्ने तयारी गरेकाेछ। सेल्टरमा बिरामी भएकाे अवस्थामा वा कम्पनी छाेडेर कामकाे खाेजीमा रहेका बेला बस्न सकिनेछ।
बुसान किम्हे क्षेत्रमा महिलाकाे लागी बस्ने सेल्टरकाे समस्यालार्इ बुझि त्यस क्षेत्रमा सेल्टर स्थापना गर्नका लागि केन्द्रिय अध्यक्ष अन्जु केसिले पहल गरिरहेका छन्।